×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता लुट्न पल्किएको ‘एनसेल’को अर्को ठगी बाहिरियो, सित्तैमा भनिएको सेवाको पनि यसरी पैसा काटियो ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – राज्यलाई तिर्नुपर्ने कर नतिर्ने एनसेलले जनतालाई ठगीरहेको खबर नौलो होइन । तर पछिल्लो समय एनसेलले सित्तै भनेर आफैं सार्वजनिक गरेको सेवाको पनि पैसा काटेर लुटको साम्राज्य मच्चाईरहेको खुलासा भएको छ । कम्पनीले अनलिमिटेड सीयुजी नि: शुल्क उपलब्ध हुने बताएपनि अहिले ग्राहकको मोबाइलमा उक्त सेवा १९९ +५५.१० रुपैयाँ करसहित ग्राहकको ब्यालेन्सबाट काटिने भन्दै एसएमएस पठाउन थालेको छ । कम्पनीले यसरी सरासर ठगेको पाइएपछि एनसेलका प्रयोगकर्ताहरु पनि आक्रोशित बनेका छन् । कम्पनीले देखाएको यस्तो रबैया विरुद्ध एनसेलका प्रयोगकर्ताहरुले ठगी गर्ने एनसेल विरुद्ध सामाजिक सञ्जालमा आवाज उठाईरहेका छन् । 
यस विषयमा बुझ्न एनसेलमा कष्टमर केयर सेन्टरमा फोन गर्दा उक्त शुल्क नियम अनुसार नै काटिने एनसेलका कर्मचारीले बताएका छन् । ती कर्मचारीले आफुलाई यसबारे थप थाहा नभएको बताएपछि हामीले एनसेलको माथिल्लो तहमा कुराकानी गर्ने प्रयास गरायौं । मिडियासँग बोल्ने कुरा भएकाले एनसेलबाट हामीलाई मिलन नाम गरेका कर्मचारीलाई सम्पर्क गर्न भनियो । तर त्यसपछि हामीले उनलाई सम्पर्क गर्दा उनले हाम्रो फोन नै उठाएनन् । लुकेर, ढाँटेर लुट्न पल्किएको एनसेलको यस्तो काममा सम्बन्धित निकाय मौन बस्दा जनता ठगिने क्रम अझै बढेको छ ।   
यसअघि एनसेलले नेपालकै लागि भन्ने ब्राण्ड ठिम अगाडी सारेको थियो । पछि अधिकांस ग्राहकले एनसेल- लुट्न कै लागि भनेर ब्राण्ड थीम नै बिगारिदिएपछि कम्पनीले आज भोलि सँगै नामको ब्राण्ड थिम सार्वजनिक गरेको थियो । अव यसलाई पनि प्रयोगकर्ताले ‘आज, भोलि, सँगै कति लुट्छौ ?’ बनाउन थालिसकेका छन् ।           
एनसेल सम्बन्धी यी समाचार छुटे कि !
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: