×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा ७ % छुट

काठमाडौं – हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पतालबीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार नेपाल मेडिसिटी अस्पतालले हिमालयन बैंकद्वारा जारी भएका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा ७ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।
उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।
कार्ड कारोबारमा धेरै अनुभव भएको तथा सबै भन्दा धेरै ब्रान्डका कार्ड जारी तथा आफ्ना बृहत् सञ्जालहरुमा स्वीकार गर्ने बैंक हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पताल बीच भएको उक्त सम्झौताले दुवै संस्थाका ग्राहकलाई सुविधा पुग्ने विश्वास गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: