×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक नयाँ वर्षको अवसरमा ल्यायो नेपाल टेलिकमले मनसुन अफर

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ असार २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

आर्थिक नयाँ वर्षको अवसरमा ल्यायो नेपाल टेलिकमले मनसुन अफर

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क समायोजन गर्ने भए पनि ग्राहकको सुविधाको लागि हाललाई विभिन्न सेवामा पहिलेकै दरमा उपलब्ध गराउने भएको छ ।
नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गतेदेखि लागू हुनेछ । 
सरकारले साउन १ गतेदेखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याएको छ । त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नुपर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्र्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नुपर्ने भएको छ ।
एडीएसएललगायत प्याक लोकप्रिय भएकाले ग्राहकहरुलाई थप आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ ।
कम्पनीका अनुसार पहिलेदेखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी/फोरजी १ जीबी पर डे प्याक, सीयुजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार निम्न प्याक तथा सेवाहरुमा मूल्य समायोजन अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजको मूल्य समायोजन भएको छ । कम्पनीले उपलब्ध ती प्याकेजहरुमा २५ देखि ५० प्रतिशतसम्म बोनस उपलब्ध हुने जनाइएको छ । मनसुन अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले एस्ट्रिक १४१५ ह्यास डायल गर्नुपर्नेछ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: