×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भारतीय राजदूतका लागि प्रम ओलीको पहिलो रोजाइमा भट्टराई, तर उनले चाहेनन्…, महेन्द्रबहादुरले पाएनन्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका लागि नेपाली राजदूतमा नेकपा नेता राजन भट्टराईलाई पहिलो रोजाइमा पारेका थिए । तर भट्टराईले अनिच्छा देखाए । त्यसपछि बहस केन्द्रीत भयो पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेमाथी ।
पाण्डे भारतका लागि नेपाली राजदूत हुन चाहेका थिए । उनले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवाली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लविङ थाले । तर उनको लविङले काम गरेन । ‘उहाँलाई भारतीय राजदूत बनाउन दुवै अनिच्छुक हुनुभयो’ परराष्ट्रमन्त्री निकट स्रोतले भन्यो ।
पाण्डेलाई राजदूत बनाउन भारतीय पक्ष पनि सकारात्मक देखिएन । उनी पहिले नेपालका लागि चिनियाँ राजदूत भइसकेको कारण देखाउँदै भारतले अनौपचारिकरुपमा पाण्डेलाई अस्वीकार नै गरेको परराष्ट्रमन्त्रालयमा चर्चा छ ।
पाण्डेसँग भारतीय राजदूतको दौडमा थिए, प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री । भदौमा अवकास पाउन लागेका क्षेत्रीले भारतका लागि नेपाली राजदूत हुने इच्छा ब्यक्त गरेका थिए । राजदूतमा क्षेत्रीले इच्छा देखाएपनि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले क्षेत्रीमाथी इच्छा देखाएनन् । अन्तिम समयसम्म भट्टराईलाई नै भारतका लागि राजदूत बनाउने कोशिस प्रधानमन्त्रीले गरेका थिए ।
भट्टराईले अस्वीकार गरेपछि ओली र ज्ञवालीको ध्यान निलकण्ठ उप्रेतिमाथी परेको हो । तर संबैधानिक जटिलताकाबीच सरकारले उनलाई राजदूतका लागि सिफारिस गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: