×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दार्चुलामा जनता बैँकको पीओएस सेवा सुचारु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

दार्चुलामा जनता बैँकको पीओएस सेवा सुचारु

दार्चुला – जनता बैंक शाखा दार्चुलाले जिल्ला सदरमुकाम खलंगाका २ ओटा होटेलमा पीओएस सेवा सुचारु गरेको छ । बैंकको शाखा दार्चुलाले पहिलो पटक दार्चुलामा पीओएस बैंकिङ सेवा सुरुवात गरेको हो । जिल्लामा पहिलोपटक एटिएम सेवा सुचारु गरेको जनता बैंक शाखा कार्यालय दार्चुलाले ग्राहकहरुको सहजताका लागि पीओएस बैंकिङ सेवा सुचारु गरेको जनता बैंक शाखा दार्चुलाका शाखा प्रबन्धक प्रकाश भट्टले जानकारी दिए । 
सेवा सुचारु भएसँगै होटेलमा भएको खर्च तिर्दा नगद तिर्नुपर्ने झन्झटबाट मुक्ती मिल्ने अपेक्षा लिइएको छ । जिल्ला सदरमुकाम खलंगामा सञ्चालित शिखर होटेल र सूर्य प्रकाश डिलक्समा पीओएस बैंकिङ सेवा सुचारु गरिएको हो । उक्त होटेलमा भएको खर्चको बील तिर्दा नगद नभए पनि एटिएम कार्डबाटै तिर्न सकिने शाखा प्रबन्धक प्रकाश भट्टले बताए । त्यस्तै उक्त मेसिनको माध्यमबाट जुनसुक्कै बैंकको एटिएम कार्डबाट तथा अन्तर्रा्ष्ट्रिय भिजा कार्डबाट समेत बील तिर्न सकिने व्यवस्था रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: