×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पाँचथर पावर आइपीओ अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड, बिक्री प्रबन्धमा सानिमा क्यापिटल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पाँचथर पावर कम्पनीले १९ लाख २५ हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यो आइपीओ पाँचथर जिल्लाका आयोजना प्रभावित स्थानीय र सर्वसाधारण लगानीकर्ताले पनि भर्न पाउनेछन् । यसको बिक्री प्रबन्धको काम सानिमा क्यापिटलले गर्नेछ ।
पाँचथर पावर कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको हेवा खोला ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाले २०७३ माघ २२ गतेबाट विद्युत उत्पादन तथा बिक्री पनि सुरु गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: