×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पञ्चकन्या माईको आइपीओ भर्ने आज अन्तिम म्याद, कहाँ जाने फारम भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पञ्चकन्या माई हाइड्रोपावरको ११ लाख कित्ता आइपीओ भर्ने शुक्रबार अन्तिम मौका रहेको छ । पञ्चकन्याको आइपीओमा तेस्रो दिनसम्म ९५ हजार ६०० जना लगानीकर्ताले ६६ लाख ६३ हजार कित्ताका लागि आवेदन दिइसकेका छन् । यो आवेदन मागभन्दा ६.६५ गुणा धेरै हो ।
कम्पनीले ४४ हजार (४%) कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता (५%) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । 
पञ्चकन्याले जारी पुँजीको १०% सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यता, सामूहिक लगानी कोषका लागि छुट्याइएको ५५ हजार कित्ता सेयर भने समानुपातिक रुपमा बाँडफाँट गरिसकिएको छ । न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार ५०० कित्तासम्म आवेदन दिन सकिनेछ । 
आवेदन दिने ठाउँ 
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं तथा पञ्चकन्याको ललितपुर महानगरपालिका, वडा नं ३ पुल्चोकबाट पनि आवेदन दिन सक्नेछन् । 
त्यसैगरी, आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिनेछ । सी–आस्वाबाट घरमै बसेर पनि भर्न मिल्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: