×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पञ्चकन्या माईको आइपीओ बिक्री खुला, साउन ४ सम्म भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साउन १ गतेदेखि पञ्चकन्या माई हाइड्रोपावरले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ दरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ४४ हजार (४%) कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता (५%) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार ५०० कित्तासम्म आवेदन दिन सकिनेछ । यो आइपीओ साउन ४ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं तथा पञ्चकन्याको ललितपुर महानगरपालिका, वडा नं ३ पुल्चोकबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिनेछ । सी–आस्वाबाट घरमै बसेर पनि भर्न मिल्नेछ ।
पञ्चकन्याको जारी पुँजी १ अर्ब १० करोड रुपैयाँ र चुक्ता पुँजी ९९ करोड रुपैयाँ छ । कम्पनीले इलाम जिल्लामा १२ मेगावाटको अपर माई जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसैगरी, ६.१ मेगावाटको अपर माई ‘सी’ आयोजना पनि निर्माणाधीन छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: