×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राधिकरणका कर्मचारीले दिउँसै कार्यालयभित्रै ‘रक्सीपाटी’ गरेपछि कुलमानले गरे यस्तो तयारी (भिडियोसहित)

पोखरा – कर्मचारीहरुले दिउँसै कार्यालय हातामै खसी काटेर रक्सी पाटी गरेको कुरा ‘…देख्नोलई लाज’ भनेझैं भएको छ । असारको अन्तिममा बजेट केही गरी नसकिएपछि कर्मचारीहरुले रक्सी पाटी गरेका छन् ।
कुरा नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखाको हो । शाखाका प्रमुख कैलाश पन्तसहित ३२ जना कर्मचारीहरुले दिउँसै रक्सी पाटी गरिरहेको बेला संचारकर्मी र प्रहरी पुगेको थियो । कर्मचारीहरु कार्यालयकै हाताभित्र खसी काटेर रक्सी र मासु खाइरहेका थिए । कर्मचारीहरु रक्सीको नशामा मस्त थिए ।
प्रहरीले रक्सी खालबाट प्रहरीले ११ जनालाई इलाका प्रहरी कार्यालय डाँडाको नाकमा राखेको थिए । उनीहरुले मापसे गरे नगरेको चेक जाँच गरिएको थियो ।
प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ सुशासन र अनुशासनका कुरा गर्छन् तर कर्मचारीहरु बजेट सक्न दिउँसै कार्यालयभित्रै रक्सी पाटी गर्छन् ।
कार्यालयभित्रै खासी काटेर रक्सी पाटी गरेको कुरा सुनेपछि कुलमान केही दिनदेखि तनावमा रहेको बताइएको छ । उनले आफू अनुशासनमा रहेपनि कर्मचारीलाई त्यो गर्न नसकेको प्राधिकरणकै अन्य कर्मचारीहरुले बताएपछि उनी तनावमा परेका हुन् । कुलमानले कार्यालयको बद्‍नाम गराउने कार्मचारीलाई कारवाही गर्ने तयारी गरेको बताइएको छ ।


Y

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: