×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मनाङ र मुस्ताङका दुर्गम भेगमा पुग्यो ‘प्रभु बैंक’, नाशोक र थासाङमा शाखा संचालन

काठमाडौँ – प्रभु बैंक लिमिटेडले सोमबारदेखि दुई नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मुस्ताङको थासाङ गाउँपालिका, वडा नं. २ स्थित कोबाङ र मनाङको नाशोङ गाउँपालिका वडा नं. ३ स्थित धारापानीमा नयाँ शाखा विस्तार गरेको हो । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु संचालनमा ल्याइएको बैंकले जनाएको छ । 
बैंकको मुस्ताङ जिल्लामा खुलेको थासाङ शाखा कार्यालयको उद्घाटन थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले गरे । त्यस्तै, मनाङका नाशोङ शाखा कार्यालयको उद्घाटन नाशोङ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले एक समारोहका बिच गरे । 
शाखा कार्यालय उद्घाटन कार्यक्रममा मुस्ताङ र मनाङ जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 
सोमबारदेखि सञ्चालनमा आएका बैंकका थासाङ र नाशोङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: