×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रभु इन्सुरेन्सको ४६% हकप्रद भर्ने आज अन्तिम मौका, के तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु इन्सुरेन्सको ४६% हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ  । यो हकप्रदमा बिहीबार कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । प्रभुले असार ८ गतेदेखि १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता सेयर बिक्री खुला गरेको हो । 
यो हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल प्रभुको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । हकप्रद बिक्री पछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: