×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसलाई प्रचण्डको प्रश्नः लासको राजनीति गर्न चाहेको हो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

कांग्रेसलाई प्रचण्डको प्रश्नः लासको राजनीति गर्न चाहेको हो ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी कांग्रेसको चर्को आलोचना गरेका छन् ।
अनसनरत डा. गोविन्द केसीको काम नै अनसन बस्ने भएको र त्यसलाई नेपाली समाजले पचाइसकेको भन्दै उनले कांग्रेसले आन्दोलन गरेकोमा आक्रोश पोखे ।
पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले डा. केसीको जीवन रक्षाको दायित्व सरकारको भएको बताए । उनले अघि भने, तर, अर्को पक्ष गम्भीर छैन ।
तथाकथित लोकतान्त्रिक भन्ने तागत शायद उहाँको हत्या गर्न र लासको राजनीति गर्न चाहेको हो कि भन्ने प्रश्न खडा भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: