×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्सको ३ लाख कित्ता सेयर लिलामीमा आउंदै, यी ठाउँबाट आवेदन दिन सक्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

रिलायन्स फाइनान्सको ३ लाख कित्ता सेयर लिलामीमा आउंदै, यी ठाउँबाट आवेदन दिन सक्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साउन ८ गतेदेखि रिलायन्स फाइनान्सको संस्थापक समूहको ३ लाख १ हजार २७४.५२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । कम्पनीले  यसअघि २ पटकसम्म संस्थापक सेयर बिक्री खुला गर्दा नबिकेपछि अहिले तेस्रो पटक लिलामीमा ल्याउन लागिएको हो । 
यस संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम समय साउन १६ गते तोकिएको छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र भर्न सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: