रिलायन्स फाइनान्सको सेयर लिलामी खुल्ला, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - रिलायन्स फाइनान्सको संस्थापक समूहको ३ लाख १ हजार २७४.५२ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । यसअघि रिलायन्सले २ पटकसम्म संस्थापक सेयर बिक्री खुला गर्दा नबिकेपछि मंगलबारदेखि तेस्रो पटक लिलामीमा ल्याइएको हो । 

यस संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम समय साउन १६ गतेसम्म छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र भर्न सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ ।
प्रकाशित : Tuesday, July 24, 2018

recent

Popular Posts