×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रिलायन्स फाइनान्सको संस्थापक सेयर आयो लिलामीमा, सर्वसाधारणले पनि भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साउन ८ गतेदेखि रिलायन्स फाइनान्सले संस्थापक समूहको ३ लाख १ हजार २७४.५२ कित्ता सेयर  पुनः तेस्रोपटक लिलामी गर्ने भएको छ । यसअघि रिलायन्सले २ पटकसम्म संस्थापक सेयर बिक्री खुला गरिसकेको छ । २ पटकसम्म पनि बिक्री नभएपछि अहिले फेरि तेस्रोपटक लिलामीमा ल्याउन लागिएको हो ।
यो सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम समय साउन १६ गते तोकिएको छ । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: