×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामाजिक उत्तरदायित्वमा सानिम बैंकको सहभागिता, टेक फर नेपाललाई बैंकद्वारा १० लाख सहयोग

काठमाडौं – शैक्षिक क्षेत्रमा थप टेवा पु¥याउने हेतुले सानिमा बैंकले टेक फर नेपाललाई १० लाख सहयोग गरेको छ । सानिमा बैंककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो । सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताकासाथ टेक फर नेपाल बिगत ५ वर्ष देखि यस क्षेत्रमा कार्यरत छन् ।
यस बैंकले विगत ५ बर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ र हाल सम्म १८९ बिद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान गरिसकेको छ । शिक्षानै राष्ट्र निर्माणको मुलआधार हो भन्ने कुरालाई बैंकले मनन् गरि उक्त छात्रवृद्धिलाई निरन्तरता दिदै आएको छ ।
सानिमा बैंकका सात वटै प्रदेशमा हाल ६६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा ए.टि.एम रहेका छन् । साथै, आषाढ मसान्त सम्ममा ७४ वटा शाखा हुने छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: