सिद्धार्थ इन्सुरेन्सको ३५% हकप्रद बिक्री खुला, कहाँ जाने फारम भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिद्धार्थ इन्सुरेन्सको आइतबारदेखि ३५% हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले १०ः३.५ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २२ लाख ४४ हजार ९७३.५० कित्ता सेयर बिक्री खुला गरेको हो । वैशाख ३१ गतेसम्म कायम सेयरधनी साउन २० गतेसम्म मात्र हकप्रद भर्न सक्नेछन्न् ।

यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौंबाट पनि आवेदन दिने व्यवस्था रहेको छ । हाल सिद्धार्थको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ । हकप्रदपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Sunday, July 01, 2018

recent

Popular Posts