×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिर्जना फाइनान्सले खुद नाफा ७.९२% गिरावट, यस्तो छ घट्नुका कारण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथौ त्रैमासमा सिर्जना फाइनान्सले १२ करोड २१ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अधिल्लो वर्ष सोही अवधिको तुलनामा ७.९२% थोरै हो । अघिल्लो वर्ष सिर्जनाले १३ करोड २६ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा गिरावट आएको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्षको चौथो त्रैमासमा २५ करोड ४४ लाख रुपैयाँ रहेकामा यसपालि २५ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । यसैगरी, सञ्चालन नाफा १९ करोड १९ लाख ९७ हजार रुपैयाँमा झरेको । अघिल्लो वर्ष सञ्चालन नाफा २० करोड ७४ लाख १० हजार रुपैयाँ थियो ।
सिर्जनाले ५ अर्ब ४० करोड ९३ लाख ३६ हजार निक्षेप संकलन गरी ३ अर्ब ८५ करोड ९८ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप अघिल्लो वर्षको भन्दा ६०.५९% र कर्जा लगानी ४२.०२% धेरै भएको हो । खराब कर्जा पनि ०.६६% बाट बढेर १.२५% पुगेको छ ।
यता, चुक्ता पुँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँमा सीमित छ । अघिल्लो वर्ष पनि पुँजी यति नै थियो । चुक्ता पुँजी वृद्धिका लागि कम्पनीले ६०% हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेको छ । रिजर्भ कोषमा भने १५१.१३% वृद्धि भएको छ । अघिल्लो वर्ष ७ करोढ ९९ लाख रुपैयाँ मात्र रहेको रिजर्भ कोषमा अहिले २० करोड ८ लाख रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ११ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: