×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या लाइफको एजीएम सुरु, के-के प्रस्ताव पेस गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सको साधारण सभा सोमबार  बिहान ११ बजेदेखि सुरु भएको छ । कम्पनीले उक्त सभा होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग विराटनगरमा भएको छ । सभामा कम्पनीले १२% बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्नेछ । बोनस सेयर हालै बिक्री गरिएको ४०% हकप्रद भर्नेले समेत पाउने छन् । 
त्यस्तै कम्पनीले कर तिर्न ०.६२% नगद लाभांश दिने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । यस हिसाबले १२ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस र नगद लाभांशमा ६३ लाख ८२ हजार ८९५ रुपैयाँ बाँडिनेछ । सूर्याले १२% बोनस सेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पुँजीबाट पुनः ७०% हकप्रद सेयर बिक्री गर्ने अर्को विशेष प्रस्ताव पनि सभामा पेश गर्नेछ ।
बोनस सेयर र हकप्रद पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि राखिएको छ ।
आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । साधारण सभा गर्न सूर्याले असार १७ गतेदेखि असार २३ गतेसम्ब बुक क्लोज गरिसकेको छ । यसआधारमा असार १६ सम्म कायम सेयरधनीले बोनस र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । 
हाल यसको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । ४०% हकप्रदपछि पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । १२% बोनस दिएपछि चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । सोही अनुसार फेरि ७०% हकप्रद ल्याउन लागिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: