×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओली सरकार शोषक र सामन्तको पक्षपाती रहेछः सुशीला कार्की

काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार शोषक सामन्तीको पक्षमा उभिएको बताएकी छन् ।
कार्कीले मंगलबार काठमाडौँका आयोजित एक कार्यक्रममा बोल्दै केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएर सरकारले शोषक सामन्ती व्यापारीहरुलाई सहयोग गरेको बताइन् । सरकारले माइतीघर मण्डलालगायतका ठाउँमा विरोध प्रदर्शन गर्न रोक लगाएर समान्ती व्यवहार गरेको भन्दै विरोध गरिन् ।
अर्को प्रसंगमा कार्कीले डा.गोविन्द केसीले गरिब जनताका छोराछोरीको लागि लडेको बताउँदै आमरण अनसन जाय भएको बताइन् । त्यस्तै गंगामाया अधिकारीको अनशनलाई वेवास्ता गरेको भन्दै कार्कीले सरकारको विरोध गरिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: