×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टाटाको ‘एस स्पेसियल एप्लिकेसन’ नेपालमा

काठमाडाैं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ् प्रा.लि.ले ‘एस स्पेसियल एप्लिकेसन्’ सुरु गरेको छ । “गो ग्रिन टु किप इट क्लिन” भन्न नारा सहित, टाटा एस स्पेसियल एप्लिकेसन को एक औपचाकारिक समारोहबीच उद्घटन भएको हो ।
लाजिम्पाट स्थित ¥याडिसन होटलमा बिहिबार भएको हो । समारोहमा, टाटा एस का एस हुपर टिप्पर, एस स्किप लोडर, एस स्काईलिफ्ट, एस कन्टेनर र एस रेफ्रिजिरेसन भ्यान गरि ५ ओटा विशेष एप्लिकेसन को भिडियो मार्फत उपयोगिता प्रदर्शन गरिएको थियो ।
एस हुपर टिप्परले नगरपालिका को फोहोर संकलन तथा ब्यवस्थापनलाई सहज बनाउने कम्पनीले जनाएको छ । त्यसैगरी एस स्किप लोडर ले कुनै पनि कोलोनी, हस्पिटल, औद्योगिक क्षेत्र अथवा घर को फोहोर संकलन तथा ब्यवस्थापन गर्न अत्यन्त सहज हुने किसिमले बनाइएको छ ।
त्यस्तै, एस स्काईलिफ्ट ले उचाइमा गर्नु पर्ने काम हरुलाई डबल बुम भएकोले सजिलो हुने विश्वास गरिएको छ । यसैगरी कुरियर तथा अन्य सामाग्रीलाई आधिकारिक ठाउमा पु¥याउन एस कन्टेनरले मद्दत गर्छ भने एस रेफ्रिजिरेटर भ्यानले फ्रिजमा राख्नु पर्ने सामानहरुको ओसार पसार प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् ।
एक समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सि.इ.ओ. राजन बाबु श्रेष्ठ लगायत टाटाका लागि सार्क राष्ट्रका क्षेत्रीय प्रबन्धक आशिफ समिम, नेपाल र भुटानका बिजिनेस अपरेसन प्रमुख, बोध प्रकाश मुखिया, नेपालका क्षेत्रिय प्रबन्धक तुसार गुप्ता लगायत अन्य थुप्रै टाटा संग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सिप्रदी अटोमोटिभ र सम्वन्धित व्यवसायमा काम गर्ने नेपालको व्राण्डहरु मध्ये एक हो । ३७ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोवार ३५ करोड अमेरिकी डलर भन्दा वढी छ र यसको कारोवार तिव्रगतिमा वढ्दै गएको छ । सिप्रदी अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: