×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आर्थिक बर्ष २०७५-७६ मा कुन राशि भएकाको कति कमाउने योग छ? हेरौं नयाँ आर्थिक बर्षको आर्थिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ  )
मेष राशि भएकाहरुका लागि आर्थिक बर्ष २०७५-७६ शुभ देखिन्छ । २०७५ सालमा बिग्रेका काम सुध्रीने योग छ । धन मनग्य कमाइएला । सेयर बजारमा लगानी गर्नेहरुका लागि निकै फाइदाजनक छ यो २०७५ साल । तर २०७६ सालको बैसाखदेखि असारसम्म सेयर बजारमा लगानी गर्दा विशेष ख्याल गर्नुहोला । इलेक्ट्रोनिक्स सामानको व्यापार गरेमा अझ बढी फाइदा होला । सरकारी जागिरमा प्रमोसनको योग छ । घर-परिवारका लागि बढी खर्च हुने देखिन्छ । व्यवसायमा फाइदा होला । भाँडाकुडाको व्यापार भने सकेसम्म २०७५ सालभर सुरु नगरेको राम्रो होला । २०७६ साल बैसाखदेखि कपडाको व्यापार गर्दा फाइदा  होला ।   

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक बर्ष २०७५-७६ बरिष राशी भएकाहरुका लागि मध्यम छ । २०७५ सालमा नयाँ व्यवसाय सुरु गर्ने योग छ । नोकरीमा खास सफलता प्राप्त गर्न नसकेपनि व्यापारमा राम्रो हुने योग छ। खर्च बढी नै हुने देखिन्छ । आर्थिक दृष्टिले यो वर्षको सम्पूर्ण समय आफ्नै पक्षमा रहने छ । बर्ष २०७५ को भाद्र र माघ महिना फलदायी हुनेछन् । २०७६ जेठमा धन हानी हुने योग छ । बैदेशिक रोजगारमा लागेकालाइ समय त्यति राम्रो छैन ।  सेयर बजारमा लगानी गरेकाहरुले नाफा नै कमाउने योग छ । २०७६ सालको जेठ महिनामा सुन नकिन्नुहोला । यो राशी भएकाहरुलाई सुन किन्न २०७५ को जेठ पनि शुभ थिएन ।  धातुको व्यापार फाप्ला । मेहेनतको राम्रो प्रतिफल पाइएला । 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक बर्ष २०७५-७६ मा मिथुन राशी भएकाहरुलाई सेयर बजारमा केहि बढी तनाव बेहोर्नुपर्ने योग छ । सजिलै पैसा कमाउने योग भएपनि बढी तनाव व्यहोर्नुपर्ने देखिन्छ । पर्यटन क्षेत्रमा लागेकाहरुले बढी कमाउने योग छ । सरकारी काम काजमा सफलता मिल्नेछ । विदेश भ्रमणको योग पनि छ । घुमघाममा बढी नै खर्च हुने योग छ । बैदेशिक रोजगारमा हुनेहरुका लागि समय राम्रो छ ।   यो राशी भएकाहरुलाई साउन र असोज महिना निकै राम्रो महिना छ भने कार्तिक र फाल्गुन अशुभ छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशी भएकाहरुका लागि आर्थिक दृष्टिले यो समय सुझबुझ र समझदारीमा निर्भर रहने समय हो । जोसुकैसित आँखा चिम्लिएर विश्वास गर्नु लाभकारी हुन्न, सञ्चित धन नाश हुने खतरा छ । बन्दव्यापारमा साझेदारप्रति सशङ्कित हुनुपर्छ, तपाईंविरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । नोकरीमा संलग्न व्यक्तिहरूले उन्नतिका निमित्त प्रशस्त अवसर प्राप्त गर्नेछन् र नवीन पेसा वा रोजगारीको राम्रो अवसर प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो बर्ष आर्थिक हिसावले निकै नै राम्रो बर्ष छ । कपडाको व्यापार गर्नेहरुका लागि समय निकै उत्तम छ । धन मनग्य कमाउने योग छ । खर्च पनि नियन्त्रण हुनेछ । जेठ महिनामा केहि धनमाल हराउने योग भएकाले सजग रहनुहोला । सरकारी जागिर खानेहरूका लागि पनि यो बर्ष निकै राम्रो छ । वैदेशिक रोजगारमा रहेकाहरुका लागि भने बर्ष औसत छ ।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पूराना ऋणहरु तिर्ने योग छ । फसेको ठाउँबाट पनि पैसा असुल उपर हुने योग छ । सेयर बजारमा लागेकाहरुका लागि समय औसत छ । खर्च नियन्त्रण गर्न भने समस्या हुनेछ । बैदेशिक रोजगारमा गएकाहरुका लागि समय त्यति राम्रो छैन । असोज महिनामा अलि बढी नै नोक्सान व्यहोर्नुपर्ने देखिन्छ । सकेसम्म यो बर्ष अरुलाई सापट वा ऋण नदिनुहोला । कार्तिक महिना फलदायी हुनेछ । चैत्रमा कुनै ठुलो लगानी गर्दा ख्याल गर्नुहोला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ऋणमा फसिने योग छ । ऋणको मात्रा पनि बढ्ने देखिन्छ । आर्थिक हिसावले यो बर्ष त्यति राम्रो देखिंदैन । घुमघाममा बढी खर्च हुने योग छ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । सकेसम्म यो बर्ष धातुमा खर्च नगरेको राम्रो हुन्छ । बैदेशिक रोजगारमा जानेहरुका लागि समय निकै राम्रो छ । यो बर्ष यो राशिलाई जागिरभन्दा व्यापार नै फाप्ला ।  
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  
यो राशिका मानिसहरुले २०७५ सालमा सेयर बजारबाट मनग्य आम्दानी गर्ने देखिन्छ । आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ । बैसाख, मङ्सिर र फाल्गुन महिनामा सुन किने फाइदाजनक होला । लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो हुन भने सक्ने देखिएको छ । फलामको व्यापार गर्दा राम्रो होला । अनावश्यक खर्च हुने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ काम सुरु गरेमा बढी फाइदा होला । देश विदेशको घुमघामको योग बढी छ । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि व्यापार गर्नेहरुका लागि निकै राम्रो समय छ । सकेसम्म कुम्भ राशिसँग आर्थिक कारोबार गर्नुहोला भने मिथुन राशिसंग आर्थिक कारोबार कम गर्नुहोला । सेयर बजारबाट फाइदा हुने योग छैन । होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक देखिन्छ । कानुनी झमेलाबाट टाढा रहनु पर्छ । 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बैसाख, असार, भाद्र र कार्तिक शुभ रहला । अन्य महिनामा खासै कमाउने योग छैन । सेयर बजारमा लगानी गरेकाहरुले बिचार पुर्याउनु होला । ऋणमा डुबिने योग छ । व्यापार गर्दा उधारो दिन कम गर्नुहोला । पैसा फस्ने योग भएकाले बिचार गर्नुहोला । फुर्मासी बढी खर्च हुने योग छ । नगरेको कामको अपजश पाइएला । असोज महिनामा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनुहोला ।     
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक पक्ष बलियो बन्नेछ । पैसा मनग्य कमाउने योग छ । विशेषगरी व्यापारमा लागेकाहरुका लागि समय निकै राम्रो छ । गीत. संगीत, सञ्चारमा लागेकाहरुका लागि समय निकै राम्रो छ । पढाइमा समेत सफलता मिल्नेछ । कमाएको धन बचत हुने योग छ । कर्कट राशिसँग अलि टाढा नै बस्दा रार्मो होला । सेयर बजारमा लगानी गर्नेहरुका लागि समय उत्तम छ । बिदेशीक भ्रमणको योग छ । घुमफिरमा बढी खर्च भएपनि त्यसको प्रतिफल समेत पाउने योग छ । नोकरी भन्दा व्यापार गर्नेहरुका लागि समय उत्तम छ । 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वित्तीय कारोबारबाट फाइदा हुनेछ । लागेको ऋण समेत तिर्ने योग छ । बदेशिक रोजगारमा जानेहरुका लागि समय राम्रो छ भने सेयर बजारमा लगानी गर्नेहरुले ख्याल गर्नुहोला । जेठ र भाद्र महिना राम्रै फाइदा होला भने कार्तिक र फागुन महिनामा खासै सोचेजस्तो प्रगति नहोला । सकेसम्म वृष राशिसँग कारोबार नगर्नुहोला ।

प्रस्तुती : पण्डित श्रीधर पौडेल   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: