×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अछामको रामारोशन गाउँपालिका अध्यक्ष साउद काठमाडौंबाट पक्राउ, हेर्नुहोस् यस्ता छन् कर्तुत

काठमाडौं – अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई प्रहरीले पक्राउ गरेको छ । असार समान्त सकिनै लाग्दा काठमाडौँ पुगेका साउदलाई महानगरिय प्रहरी प्रभाग काँडाघारीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा पठाई दिने भन्दै चार जनाबाट चार लाख रुपैयाँ ठगि गरेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष साउदले मकाउ पठाइदिने भन्दै तीन वर्ष पहिले चारजना युवाबाट एक–एक लाखका दरले चार लाख रुपैयाँ ठगि गरेको भन्दै पीडितले जिल्ला प्रशासन काठमाडौंमा उजुरी थिएका थिए ।
पीडित पूर्णबहादुर खड्काका अनुसार साउदले खड्काबाट दुई लाख, रबि बस्नेत, राजेन्द्र बहादुर चन्द, विष्णु क्षेत्रीबाट एकएक लाख रुपैयाँ र पासपोर्ट लगेका थिए । पटकपटकको प्रयास पछि साउदले ३ चरणमा गरि एक लाख ५० हजार फिर्ता गरे पनि बाँकी रकम माग्दा उल्टै धम्काउने गरेपछि प्रहरीमा उजुरी दिएको खड्काले बताए । साउदले ठगि गरेको रुपैयाँ दिनुको साटो उल्टै प्रहरी लगाएर थुनाउने धम्की दिने थालेपछि आफूहरु उजुरी दिन बाध्य भएको पीडितहरु बताउँछन् ।
स्थानीय चुनावको केही समयअघि मात्रै पीडित अछाम पुगेर साउदलाई धनगढी ल्याएका थिए । त्यतिबेला साउदले चुनाव सकिएलगत्तै सबै रुपैयाँ दिने वाचा गरेका थिए । आफूहरुलाई विभिन्न प्रलोभन देखाएर रुपैयाँ लगेको तर विदेश नपठाएको पीडितहरुले बताए ।
जिल्ला प्रसासनबाट पक्राउ गरि दुबै पक्षलाई छलफलका लागि बोलाउनु र सहमती नभए कार्यालयमा हाजिर गराउनु भन्ने पत्र आएको प्रहरीले बताएको छ ।
स्थानीय चुनावमा साउदले तत्कालिन माओवादी केन्द्रबाट चुनाव जितेका थिए । जनयुद्ध लडेका नेताले युवाहरुलाई विदेश पठाउने भन्दै ठगि गरेको सुनेपछि रामारोशनका स्थानीयले लाजले भुतुक्कै भएका छन् । रामारोशनबासी भन्छन्-‘राम्रो भनेर भोट हालेको तर ठग परेछ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: