×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकले इन्टरनेट नभएका कारण देखाएपछि…, ४ स्थानीय तह बैंकविहीन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

बैंकले इन्टरनेट नभएका कारण देखाएपछि…, ४ स्थानीय तह बैंकविहीन

चिसंखुगढी गाउँपालिकाले यही साउन १ गतेभित्र कुमारी बैंकको शाखा आउने भएपछि कार्यालयका लागि भवन समेतको खोजी दिएको थियो । तर, इन्टरनेट नभएका कारण देखाउँदै बैंक नजाने भएपछि संघीय सरकारको ध्यानाकर्षण गराउन गाउँपालिकाले सबै विकास निर्माणका काम रोक्ने घोषणा गरेको छ । 
बैंक र इन्टरनेट सेवा नभएसम्म काम सुचारू नगर्ने भन्दै गाउँपालिका अध्यक्ष निशान्त शर्माले घोषणा गरेर संघीय सरकारका मन्त्री र संसदहरूलाई ध्यानाकर्षण गराउन राजधानीमा छन् । माग पूरा नभएसम्म काम सुचारु नगर्ने उनले बताउँदै आएका छन् । 
चिसंखुगढी गाउँपालिकाजस्तै जिल्लाका अरू तीन स्थानीय तहले पनि बैंक ल्याउनका लागि सक्दो हारगुहार गरिरहेका छन् । सरकारको गत असार मसान्तभित्र सबै गाउँपालिकाको केन्द्रमा बैंक स्थापना गर्ने नीति भए पनि जिल्लाका चार स्थानीय तहमा अझै बैंक गएका छैनन् । 
एक नगरपालिकासहित आठ स्थानीय तहमध्ये चार तहमा मात्रै बैंकका शाखा छन् । सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकका शाखा छन् । त्यस्तै खिजीदेम्बा गाउँपालिकामा मेगा बैंक र मोलुङ गाउँपालिकामा सनराइज बैंकले गत असारबाट कारोबार थालेका छन् । 
चिसंखुगढी, सुनकोसी, चम्पादेवी र लिखु गाउँपालिकामा बैंकका शाखा छैनन् । स्थानीय तहमा बैंक नहुँदा वित्तीय कारोबार गर्नका लागि कर्मचारी नै सदरमुकाममा खटाएर राख्नु पर्ने अवस्था छ । जिल्लाका बैंक नभएका तहका केन्द्रमा बैंक राख्न राष्ट्र बैंक र अर्थ मन्त्रालयमा पहल भइरहेको जिल्लाका जनप्रतिनिधिहरूले बताएका छन् । गाउँमा बैंक नभएर जनताले दुःख पाएका कारण सरकारले गाउँ जान भने पनि बैंकहरू नगएका विषयमा छलफल भइरहेको संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: