×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अव नेपाली बैंकहरुमा पनि हुनेछ ‘ब्रान्च अडिट’, बैंकहरुको खर्च बढ्दा चार्टड एकाउन्टेन्टहरुको ‘स्कोप’ बढ्यो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अव नेपाली बैंकहरुमा पनि ब्रान्च अडिट हुने भएको छ । नेपाली लेखा व्यवसायको नियमनकारी संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष प्रकाशजंग थापाले आफ्नो कार्यकालमा यसका लागि ठुलो लविङ गरेका थिए । अन्तत: आफ्नो कार्यकालको उत्तरार्धमा आउँदा उनी यस विषयमा सफल भएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७५-७६ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा ब्रान्च अडिटको कुरापनि समेटिएपछि अन्तत: प्रकाश जंग थापा यो काममा सफल भएका हुन् । उनको काम सफल भएसँगै उनको चौतर्फी प्रशंसा हुन थालेको छ । थापा आफ्नो कार्यकालको सुरुवाती चरणदेखि नै यो विषयमा ठुलो लविङमा लागेका थिए ।    
अव नेपाल राष्ट्र बैंकले विभिन्न परिधि र नियम बनाएर ब्रान्च अडिटको विषयलाई कार्वनयन गराउनेछ । यसले समग्र अडिटरहरुको स्कोप एकातर्फ बढेको छ भने बैंक तथा वित्तीय संस्थामा अडिटरको सहभागीता थप बढ्ने देखिएको छ । बैंक तथा वित्तीय संस्थाको खर्च केहि बढ्ने देखिएपनि लेखा व्यवसायीहरुलाई यो नीति कार्वनयन भएसँगै निकै फाइदा पुग्ने देखिएको छ ।   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: