नेप्सेका महाप्रबन्धकलाई अर्थले पद खारेजीको पत्र पठायो, तत्कालका लागि रमेश अर्यालले नेतृत्व सम्हाल्ने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले २०७४ साल भदौ १४ पछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै विभिन्न निकायमा गरेको नियुक्ति एकमुष्ट खारेज गर्ने निर्णय गरेसँगै सोहि अवधिमा नियुक्त भएका नेप्सेका महाप्रबन्धक चन्द्र सिंह साउदलाई अर्थ मन्त्रालयले पद खारेजीको पत्र पठाएको छ । मन्त्रालयले आइतबार सो पत्र नेप्सेमा पठाएको हो ।

साउदको ठाउँमा अर्थमन्त्रालयबाट उपसचिव रमेश अर्याललार्इ नेप्से प्रमुखको जिम्मा दिइएको छ । 

उक्त पत्र आइतबार नेप्सेका महाप्रबन्धक चन्द्र साउदले बुझ्न नभ्याएपछि सोमबार उनले सो पत्र बुझ्दैछन् । तत्कालीन देउवा सरकारले चन्द्रसिंह साउदलाई ४ वर्षका लागि नेप्से प्रमुख बनाउने निर्णय गरेको थियो । यता साउद भने कानुन व्यवसायीहरुसँग छलफलमा छन् । 

यता साउद हटेपछि अनलाइन के होला भन्ने बहस सुरु भएको छ । नेप्से नेतृत्वबिहिन भएपछी उक्त अनलाइन प्रणाली नआउने भएको हो । 'नेप्सेको नयाँ महाप्रबन्धक नियुक्ति हुँदा केहि समय लाग्ने हुनाले अव साउन १ गतेदेखि अनलाइन आउँछ भन्ने कुरामा पूरै शंका छ ।' नेप्सेका एक उच्च आधिकारीले भने, 'सार्वजनिक रुपमा भन्न मिल्दैन । तर धेरैलाई के खोज्छस् केजाती आँखो' जस्तो भएको छ । अनलाइन सार्न बहाना खोजीरहेकाहरुलाई बहाना मिलेको छ ।'

यद्यपी साउद भने आफु नेप्सेबाट बाहिरिनुअघि नै अनलाइनको काम सकेर सार्वजनिक तालिका बनाएर निस्किने तयारीमा छन् ।
प्रकाशित : Monday, July 09, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal