×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हाम्रै नेपालमा : शरिर सुम्पे वापत ग्राहकले दिएको चेक ‘बाउन्स’ भएपछि यौनकर्मी युवतीले प्रहरीमा दिइन् जाहेरी !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ – नेपालमा बैंकिङ साक्षरता बढेको उदाहरण पछिल्लो समय भेटिएको छ । ग्राहकसँग शारीरिक सम्बन्ध गांसेवापत दिएको चेक बाउन्स भएपछी काठमाडौँकि एक यौनकर्मी युवतीले बाउन्स भएको चेकसहित महानगरीय प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छिन् । एक ग्राहकले यौन सम्पर्क गरिसकेपछि दिएको दिएको ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उक्त युवती प्रहरी कार्यालय पुगेकी थिइन् । परिसरका अपराध अनुसन्धान शाखा प्रमुख डिएसपी मोहन थापाले लिएको जानकारी अनुसार चेक दिने युवालाईसमेत बोलाएर अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको हो । ती युवाले यौन सम्बन्ध राखेपछि चेकमै पारिश्रमिक दिएका थिए । तर आफुले पाएको एनआइसी एसिया बैंकको चेक बाउन्स भएपछी युवती जाहेरी बोकेर परिसर पुगेकी थिइन्।
बैंकिङ कसुरमा अचम्मलाग्दा घटना 
अझ रमाइलो कुरा त के छ भने परिसरमा घुस रकम दिएको चेक समेत बाउन्स भएका घटनासमेत आएका छन् । अनुसन्धानका क्रममा किन केका लागि रकम दिएको खुल्ने प्रहरीको भनाइ छ । परिसरका अपराध अनुसन्धान शाखा प्रमुख डिएसपी मोहन थापाले दिएको जानकारी अनुसार दिनमा सरदर १० वा चेक बाउन्सका जाहेरी काठमाडौँ परिसरमा मात्रै आउने गरेका छन् । चेक वाउन्स भएमा बैकिङ कसुर सजाय ऐन २०६४ अनुसार ३ महिना कैद र विगो भराई विगो वमोजिम जरिबाना हुने व्यवस्था रहेको छ । बैदेशिक रोजगारी, जग्गा खरिद, वैनावट्टा, लगायतका काम गर्दाका चेकहरु बाउन्स भएका घटनाहरु परिसरमा दिनहुँ आउने क्रम बढेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: