मौद्रिक नीति सार्वजनिक गर्दा गभर्नरकै नाम गलत ! भाषाविद् भन्छन्, 'राष्ट्र बैंकले नेपाली भाषामाथि मनपरी गर्यो'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आर्थिक बर्ष २०५७-७६ को  मौद्रिक नीतिको दस्तावेजमा नेपाल राष्ट्र बैंकका गभर्नरको नाम नै गलत लेखिएको पाइएको छ । राष्ट्र बैंकले आफ्नो वेव साइटमा राखेको उक्त दस्तावेजमा गलत तरिकाले गभर्नरको नाम लेखिएको छ । 

'गभर्नरको नाम चिरञ्जीवी नेपाल हुनुपर्नेमा भाषागत रुपमा गल्ती गरेर 'चिरंजीवि नेपाल' राखिएको छ, जुन सरासर गलत हो ।' भाषाविद् टंक थापाले अर्थ सरोकारसँग भनेम 'यसअघि पनि राष्ट्र बैंकका विभिन्न दस्तावेज र सुचनामा गभर्नरको नाम लेखेको मिलेन भनेर हामीले भनेका हौँ । तर यसपाली पनि यो कुरा दोहोरियो ।' 

उनका अनुसार झट्ट हेर्दा सामान्य लाग्ने यस्तो गल्तीले महत्वपूर्ण अर्थ राख्दछ । 'केहि समय अगाडी भारतको एउटा दस्तावेजमा मोदीको नाम गलत लेखिएको भन्दै उक्त दस्तावेज तयार गर्नेलाई जागिरबाट नै बर्खास्त गरिएको थियो ।' उनले भने ।  

'तपाईंको नाम कुनै महत्वपूर्ण दस्तावेजमा गलत तरिकाले लेखियो भने तपाईंलाई कस्तो अनुभव हुन्छ होला ? वा त्यसले कस्तो महत्व राख्छ होला ? यो कुरालाई अलि गम्भीर रुपमा हेर्ने हो भने यो सामान्य गल्ती हुँदै होइन ।' भाषाविद् थापाले अगाडी भने, 'नेपाली भाषामाथि यस्तै प्रहार हुनु दुखद् कुरा हो । राष्ट्र बैंकले नेपाली भाषामाथि मनपरी गर्यो । त्यसमाथि राष्ट्र बैंकजस्तो निकायले यस्तो गर्नु झन् गलत कुरा हो ।'  
प्रकाशित : Wednesday, July 11, 2018

recent

Popular Posts