×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्तालाई हकप्रद, ‘नखाउँ त दिनभरिको सिकार… खाउँ त कान्छा बाबुको अनुहार’ (नरेन्द्रमान श्रेष्ठको लेख)

  • नरेन्द्रमान श्रेष्ठ
पछिल्लो समयमा विभिन्न कम्पनीहरुले धमाधम हकप्रद शेयरहरु जारि गरिरहेका छन्। अवको दिनमा पनि थुप्रै हकप्रद शेयरहरु जारि हुनेवाला छ । हकप्रद शेयरहरु जारि गर्नेमा बैंक तथा बित्तीय संस्थाहरु, बीमा कम्पनीहरु माइक्रो फाइनान्सहरु साथै बिभिन्न उत्पादन मुलक कम्पनीहरुसमेत रहेका छन् । सामान्यतया हकप्रद शेयर जारि गर्ने भनेको पुँजी बृद्धि गर्नको लागि नै हो । तर पनि कतिपय अवस्थामा बाध्यताले पनि हकप्रद शेयरहरु जारि गरिरहेका छन् कम्पनीहरुले । 
पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले पनि बाध्यताले हकप्रद सेयर जारी गरिरहेका छन् भन्दा फरक नपर्ला । ४ सय प्रतिशतले पूँजी बढाउन आएको निर्देशन मान्ने पर्ने कारण कतिपय कम्पनीहरुले हकप्रद सेयर जारी गरे त बीमा कम्पनीहरुलाई पनि निश्चित पूँजी बढाउनु पर्ने बाध्यताका बीच हकप्रद सेयर जारी गर्नुपर्ने अवस्था बनेको छ । 
कम्पनीहरुको लागिपुँजी बृद्धि गर्ने सजिलो बाटो भनेको हकप्रद शेयर जारि गर्ने भएकाले सबैले यहि बाटो समेत रोजे । अहिले हकप्रद शेयर जारि गर्ने कम्पनीहरुमा उत्पादनमुलक कम्पनी पनि छन् । कम्पनिपनि रहेका छन ।श्रीराम सुगर मिल्सले ९० लाखकित्ताभन्दा बढि हकप्रद शेयर जारि गर्ने तयारि गरिरहेको छ । यता एनसीसी बैंकले ५० प्रतिशतहकप्रद शेयर २ करोड कित्ताभन्दा बढि हकप्रद शेयर जारि गर्ने तयारिमा छ । 
त्यसैगरि माइक्रो फाइनान्स कम्पनीहरु उन्नति माइक्रो फाइनान्सले २० प्रतिशतको स्वदेशि लघुबित्तले १ बराबर १ को अनुपातमा ११ लाखभन्दा बढि हकप्रद शेयर, त्यसैगरि महुलि सामदायिक लघुबित्तले २ बराबर १ को अनुपातमा ३ लाखकित्ता ,नयाँ नेपाल लघबित्तले १ बराबर २ को अनुपातमा ६ लाखकित्ताहकप्रद शेयरहरु जारि गर्ने तयारि गरिरहेका छन् । त्यसैगरि फाइनान्स कम्पनिहरु सिटि एक्सप्रेस फाइनान्सले २५ लाखकित्ताभन्दा बढि , त्यसैगरि प्रोग्रेशिभफाइनान्सले ५९ लाखकित्ताभन्दा बढिहकप्रद शेयर जारि गर्नेछ । 
त्यसैगरी बीमा कम्पनीहरु आइएमइ जनरल इन्स्योरेन्स कम्पनिले १० बराबर ८ को अनुपातमा ४३ लाख कित्ताभन्दा बढि, एभरेष्ट इन्स्योरेन्सले १ बराबर ६ को हिसाबले ७२ लाखभन्दा बढि त्यसैगरि नेपालइन्सयोरेन्स कम्पनिले ६५ प्रतिशतहकप्रद शेयरहरु जारी गर्ने तयारिमा छन् । त्यसैगरी जलविद्युत कम्पनी अपि पावर कम्पनीले १ बराबर २ को हिसाबले २ करोड कित्ताभन्दा बढिको हकप्रद शेयर जारि गनेृ तयारिमा छन् । 
तर यता लगानीकर्ताको हकप्रद प्रतिको आकर्षण घटेको देखिन्छ । कतिपय अवस्थामा त सर्वसाधारणतर्फको हकप्रद शेयरहरु पनि नबिकेको अवस्था छ । हकप्रद शेयर जारि गर्दा नबिकेका हकप्रद शेयरहरु लिलामिमा विक्री गर्नुपर्ने हुन्छ । लिलामिमा बिक्रि गर्न पनि कम्पनीहरुलाई सकस नै परिरहेको छ ।
हकप्रद शेयरको बजारमा बाढि आएको कारणले बजारमा मागभन्दा बढि आपुर्ति बढेको कारणले शेयर बजार ओरालो लागेको हो भन्नेहरु पनि धेरै छन् । पछिल्लो समय लगानीकर्ताको आकर्षण घटेपनि हकप्रद लगानीकर्ताहरुलाई ‘नखाउँ त दिनभरीको सिकार खाउँ त खान्छा बाबुको अनुहारजस्तै भएको छ । 
अहिले बीमा कमपनीहरुको मात्र नभइ विभिन्न माइको फाईनान्स कम्पनीहरुले पनि हकप्रद शेयरहरु निष्काशन गर्ने गरिरहेका छन् । यसले झन् आपूर्ति बढाउने देखिन्छ । एकै समयमा विभिन्न कम्पनीहरुले ठुलो मात्रामा हकप्रद शेयरहरु जारी गर्ने गर्दा लगानीकर्ताहरु थप मारमा पक्कै परेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: