गरे नसकिने के छ र ? सुन्दर नगरी इलामको लक्ष्मीपुरमा एकै सिजनमा एक करोडका स्कुसका मुण्टा विक्री !


इलाम-चार वर्ष अघिसम्म खरले छाएको ढुङ्गा माटोको घरमा निर्बाह गर्ने सूर्योदय नगरपालिका १४ की ६१ वर्षीया हेमकुमारी सुबेदी र उनको परिवार अहिले दुई तले पक्की घरमा बास बस्छन् । तरकारी खेती गरेरै कमिएको सम्पत्तिले घडेरी किनेर ठड्याएको घरले सुबेदी परिवारको जीवनशैली पनि फेरिएको छ । बेँसी ९गाउँबाट केही तलको खेती गर्ते जमिन०मा सधैँ बारीकै काममा पसिना चुहाउन ब्यस्त तीन कोरी उमेर नाघिसकेका हेमकुमारी दम्पत्तिलाई आँगनमै चल्तीको मोटरबाटो भएको ठाउँमा घर बनाएर डाँडा गाउँमा सरेपछि आनन्द महसुस भएको बताउँछन् ।

दुई छोराछोरीका बाबुआमा हुेमकुमारी दम्पत्तिले सन्तानको विहेवारी भएर छोरो पनि आप्mनै ब्यवहार गर्न भन्दै घरभन्दा बाहिर बस्न थालेपनि तरकारी खेती गर्न छाडेका छैनन् । उनीहरुको बारीमा यो सिजनमा स्कुसको मुण्टा र काँक्रा उत्पादन भइरहेको छ । एक हप्तामा दुई सयदेखि तीन सय मुठासम्म स्कुसको मुण्टा ९टुप्पा० टिपेर भारी हालेर उनीहरु स्थानीय ब्यापारीकोमा बिक्रीका लागि लान्छन् ।

बिहान उठेदेखि नै बारीमा भएको तरकारी खेती स्याहार्न जाने गरेका सुबेदी दम्पत्तिले अकबरे खोर्सानी, सिँवी, रायोको साग, लगायतका तरकारी पनि लगाएका छन् । यतिबेला उनीहरु हप्तामा तरकारी बेचेरै पाँच हजार रुपैयाँ सम्म हात पार्छन् ।

उमेरमा सेनामा जागिर खाएर छाडेका सूर्योदय नगरपालिका १४ कै शिव राई पनि यतिबेला हप्ताको दुई सय मुठासम्म स्कुसको टुप्पा बेच्छन् । गएको दुई वर्षदेखि टुप्पा बेच्न थालेका शिवका अनुसार स्कुस रोपेर यसको टुप्पा, फल र जरा बेच्न थालेपछि घर ब्यवहार नै परिवर्तन भएको छ । टुप्पा बेचेर मात्रै एक सिजनमा ७५ हजार जति हात पार्ने गरेको बताउने शिवले तरकारीकै आम्दानीले दुई छोराछोरीलाई भारतमा अध्ययन गराइरहेका छन् । उनका छोरा इञ्जिनियर र छोरी नर्स पढ्दैछन् । टुप्पाबाहेकको अन्य तरकारी (काउली, सिँबी, खुर्सानी)ले अरु एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए ।

सूर्योदय नपा १३ की ७३ वर्षीया टीका ढुङ्गेलको पनि मुख्य आम्दानीको स्रोत भनेको तरकारी नै हो । अहिले हप्ताको एकपटक स्कुसको टुप्पा र काँक्रा टिपेर बेच्ने गरेकी टीकाले पनि हप्तामा तरकारीबाटै तीन हजार रुपैयाँको हाराहारीमा हात पार्ने गरेको बताइन् । छोराबुहारीसँग संयुक्त परिवारमा रहेकी टीका परिवारमा अरु सदस्यसरह नै बारीको काममा लाग्ने गरेकी छिन् । स्कुसलाई लगाएको एउटा टाँड आपैmँले लगाएको बताउने टीकाले बिहानदेखि नै हेरचाह गर्दा राम्रै उत्पादन हुने धारणा राखिन् । छोराले गाडि किनेर चलाउने गरेको र त्यही गाडिमा आपूmले उत्पादन गरेको तरकारी लगेर बेच्ने गरेको उनको भनाई छ ।

सूर्योदय नपा १४ कै बिन्दु पौडेलले पनि हप्तामा दुई सयदेखि तीनसय मुठा टुप्पा यो सिजनमा बेच्छिन् । दुई रोपनी जति बारीमा फैलिएको स्कूसको टाँडबाट हप्तैपिच्छे मुण्टा टिप्दा त्यति हुन्छ । बिन्दुले भनिन्, ‘अहिले टुप्पाबाटै हप्तामा चार हजार पाँचसय जति बस्छ ।’ तरकारीको आम्दानीले घरखर्च राम्ररी चल्ने गरेको उनको भनाई छ ।
हेमकुमारी, शिव, टिका र बिन्दु प्रतिनिधी कृषक मात्र हुन् । साविकको लक्ष्मीपुर गाविस हाल सूर्योदय नगरपालिकाको वडा नम्बर १३ र १४ का सय जना भन्दा बढी कृषकले तरकारी खेतीबाटै जीविकोपार्जनसँगसँगै उन्नति गर्दै आएका छन् । बिगत चार पाँच वर्षयता झापा, भारतको सिलिगुडी र काठमाण्डौसम्म तरकारी निकासी हुन थालेपछि ब्यवसायिक रुपमै यहाँका कृषक तरकारी उत्पादन गरेर बिक्री गर्ने गर्छन् ।

बर्षैभरि सिजनअनुसार तरकारी उत्पादन गरेर बिक्री गर्ने यी कृषकहरु यतिबेला स्कुसको टुप्पाबाट आम्दानी लिइरहेका छन् । तरकारीको रूपमा प्रयोग गरिने स्कूसको टुप्पा अर्थात् मुण्टा एकै सिजनमा यहाँ९साविक लक्ष्मीपुर गाविसको तीन वटा वडा०बाट एक करोड रुपैयाँ बराबरको निकासी हुन्छ । पहाडको हरियो उत्पादनको रूपमा रहेको स्कूसको मुण्टाको तरकारी स्वादिष्ट हुने भएकोले यसको माग बढेसँगै धेरै निकासी हुन थालेको हो ।

चैत महिनादेखि नै उत्पादन हुन थाल्ने स्कूसको टुप्पा कात्तिकसम्म पनि टिपेर बेच्न सकिने भएकोले यसबाट राम्रो आम्दानी हुने गरेको कृषकहरुको अनुभव छ । यो सिजनमा लक्ष्मीपुरबाट मुण्टाको भारी लिएर हरेक दिन पिक अप गाडिहरू बाहिरिने गरेका छन् । 

दिनहुँ गोलभेडा, स्कूसको दानासमेत लिएर जाने ती पिकअप गाडिहरूमा सबैभन्दा बढी स्कूसको मुण्टा हालेको देख्न सकिन्छ । यसरी पिक अपमा लगिएको मुण्टा सबैभन्दा बढी झापाको चारआलीमा बिक्री हुने गरेको छ । त्यसबाहेक झापाकै बिर्तामोड, दमक, सूर्योदय नपाकै फिक्कल बजार, पशुपतिनगर बजार तथा मेची राजमार्गका विभिन्न स्थानमा बिक्री गरिन्छ । 

स्थानीय तरकारी ब्यापारी राम पौडेलका अनुसार उनले सङ्कलन गरेर लाने र अन्य ब्यापारीहरूले लानेसहित दिनमा तीन हजारदेखि तीन हजार पाँचसय मुठासम्म मुण्टा लक्ष्मीपुरबाट बाहिरिन्छ । लक्ष्मीपुरमा रामजस्ता ब्यापारी १० जना जति छन् । हरेकले सयदेखि पाँचसय मुठासम्म मुण्टा दैनिक खरिद गर्छन् ।

स्थानीय ब्यापारीले कृषकलाई कम्तिमा प्रतिमुठा १५ रुपैयाँदेखि ३० रुपैयाँसम्म दिने गरेका छन् । मुण्टा निस्किने सिजनको शुरुवातमा ३५ रुपैयाँसम्म दिएर लिएको र अहिले १५ रुपैयाँमा कृषकबाट खरिद गरिरहेको रामले बताए । यसरी खरिद गरेको मुण्टा प्रतिमुठा २० देखि ४० रुपैयाँसम्ममा बाहिर लगेर बिक्री गर्ने गरिन्छ । कृषक शिव राईका अनुसार सिजनको शुरु शुरुमा त प्रतिमुठा ४० रुपैयाँ सम्ममा कृषकले बेचेका हुन् । ‘हामीले भाउ राखेर नहुने, भारततिर जान दिएन भनेर, मुण्टा धेरै उत्पादन भयो भनेर यहाँ अहिले मुठाको १५ रुपैयाँ मात्र छ’, शिवले थपे ।

राम पौडेलले दिनहुँ लक्ष्मीपुरबाट लाने मुण्टा आपूmले मेची राजमार्गको कोल्बुङ क्षेत्रमा रहेका फुटपाथका तरकारी ब्यापारीलाई बिक्री गर्ने गरेको बताए । केही ब्यापारीले उनीजस्तै राजमार्गमा नै बिक्री गर्छन् । राजमार्गमा गुड्ने गाडि रोकिएर यात्रुले अधिक मात्रामा तरकारी खरिद गर्ने भएकोले राजमार्ग किनारमा बग्रेल्ती तरकारी बेच्न राख्ने गरिएको छ । अहिले सबैभन्दा बढी स्कूसको मुण्टा नै त्यसरी राखेको देख्न पाइन्छ ।

कतिपय ब्यापारीले भने झापाका बजारहरूमा लान्छन् । भारतको नक्सलबाढी, पानीटंकी र सिलिगुडीसम्म पनि स्कूसको मुण्टा पुग्ने गरेको पाइएको छ । चारआलीबाट साइकलमा साना ब्यापारीहरूले ती बजारमा मुण्टा लिएर जान्छन् । कहिलेकाँही भारततिर तरकारी लान भारतीय भन्सारले रोक लगाएको बेला भने मुण्टा ती बजारमा पुग्दैन । ब्यापारीहरूले भारततिर तरकारी गएका बेला भाउ अलिक बढ्ने र नजाँदा घट्ने गरेको बताए ।

कृषक बिन्दु पौडेलका अनुसार आफु जस्तै सय जना जति कृषकले स्कूसको मुण्टा उत्पादन गर्ने गरेका छन् । चैत देखि नै उत्पादन भएपनि विशेष गरि जेठदेखि भदौसम्म चार महिना स्कूसको मुण्टा बढी उत्पादन हुने गरेको छ । भदौपछि थोरै मात्रामा हुने भएपनि चार महिना यसको मुख्य सिजन हो । उक्त सिजनमा मात्रै लक्ष्मीपुरबाट एक करोड रुपैयाँको मुण्टा बिक्री हुनेगरेको सूर्योदय नपा १३ का वडाध्यक्ष धनबहादुर राई स्वीकार्छन् । ‘ठ्याक्कै यति नै बिक्री हुन्छ भन्ने अभिलेख त कँही कसैले राखेको छैन तर यसको कारोबार र ओसारपसार हेर्दा करोडको हाराहारीमा पुग्छ’, उनले भने ।

वडाध्यक्ष राईका अनुसार प्रत्येक दिन दुई तीन वटा पीक अप गाडिमा मुण्टा जान्छ । ‘आठ दश जना ब्यापारीले लाँदा दिनमा तीन हजार मुठा भन्दा बढी नै जान्छ’, उनले भने, ‘उनीहरूले लगेर ३० देखि ३५ रुपैयाँमा तीन महिनासम्म त्यति नै मुण्टा बेच्दा करोड त भित्रिहाल्छ नि ।’ 

हप्तामा तीन दिन झापाको चारआली र बिर्तामोडमा स्कुसको टुप्पा पु¥याएर बिक्री गर्दै आएका स्थानीय ब्यापारी गोविन्द पौडेल पनि दैनिक तीन हजार मुठाको हाराहारीमा टुप्पा बाहिरिने गरेको बताउँछन् । सन्दकपुर दैनिकमा खबर छ । उनले पनि आफु जस्तै अन्य ब्यापारीले धेरै टुप्पा बाहिर लाने गरेको बताए । उनले भने, ‘भारततिर जान पाउँदा र तराईमा डुबान हुँदा भाउ राम्रै हुन्छ । नत्र हुँदैन । शुरुमा २५ देखि ३० रुपैयाँसम्ममा खरिद गरियो, अहिले १५ रुपैयाँमा पुगियो ।
प्रकाशित : Sunday, July 22, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal