×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कर्णाली डेभलपमेन्ट बैंककोे सेयर फेरि आयो लिलामीमा, यी ठाउँबाट भर्न सकिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकले आइतबारदेखि पुनः सेयर लिलामीमा ल्याएको छ । बैंकले सर्वसाधारण समूहको १ लाख ८४ हजार ५८८ कित्ता र संस्थापक समूहको ५ लाख २३ हजार ५७० कित्ता गरि जम्मा  ७ लाख ८ हजार कित्ता सेयर फेरि दोहोर्याएर लिलामीमा ल्याएको हो । 
कर्णालीको लिलामी भर्ने अन्तिम समय असार २४ गते तोकिएको छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । दुवै समूहतर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम १० अंकले भाग जाने गरी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । अब संस्थापक सेयर सर्वसाधारण लगानीकर्ताले किन्न सक्नेछन् । 
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्ज सहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: