×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

५ मन्त्रीलाई पदबाट बर्खास्त गर्दै प्रधानमन्त्री ओली, यी हुन् पदच्युत हुन लागेका सरकारका ५ मन्त्री (नामावलीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याबिनेटमा रहेका ५ मन्त्रीलाई पदच्युत गर्ने भएका छन् । विवादमा आएका, सरकारको स्पिरिटविपरित हिँडेका र सरकारलाई बदनाम गराउने काम मात्र गरेका कारण उनले आफ्ना किचेन क्याबिनेटकै मन्त्रीलाई फ्याँक्न लागेका हुन् ।
सरकारका प्रवक्ता रहेका सञ्चारमन्त्री गोकुल बास्कोटा, श्रममन्त्री गोकर्ण विष्ट, यातायात मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री युवराज खतिवडा र कानुनमन्त्री शेरबहादुर तामाङलाई ओलीले हटाउन लागेका हुन् ।बास्कोटा सरकारका प्रवक्ता भएर अत्यधिक विवादमा आएका छन् । ओलीका प्रिय भए पनि उनले मिडियामा प्रहार गरेको, निर्णयहरू कार्यान्वयन नगरेको भन्दै ओलीले हटाउन लागेका हुन् । 
हटाउन लागेका सबै मन्त्री पूर्वएमालेबाट चुनाव जितेर संसदमा आएका हुन् । श्रममन्त्री विष्टले मेलेसीया कामदारको स्वास्थ्य परिक्षण गर्ने संस्थामा धरपकट गरेको र त्यसलाई कार्यान्वयन गर्न नसकेका कारण हटाउन लागिएको हो । उच्च स्रोतका अनुसार यातायात सिन्डिकेटलाई काखा च्यापी सरकारको योजनाविरूद्ध हिँडेका कारण यातायातमन्त्री रघुवीर महासेठलाई हटाउन लागिएको हो । सरकारले यातायात सिन्डिकेट तोड्ने निर्णयसहित यातायात व्यवस्था विभागलाई चलाएमान बनाउँदा महासेठले त्यहि आक्रमण गरी मनलाग्दी निर्णय गरेको ओलीको ठहर छ । 
उता देशको अर्थतन्त्रलाई धराप पार्नेगरी, पार्टीमैत्री नभएका कारण अर्थमन्त्री युवराज खतिवडालाई हटाउन लागिएको छ । स्रोतका अनुसार खतिवडाले पार्टीले ल्याएका योजना र कार्यकर्ताको मानमर्दन गरेको ओलीकहाँ गुनासो पुगेको थियो । भारतीय दबाबमा राष्ट्रिय सभा सदस्य बनाउँदै खतिवडालाई विज्ञका रूपमा ओलीले अर्थ मन्त्रालयको जिम्मा दिएका थिए । यता कुरा नबुझी नेपाली चेलीलाई मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको, गैर जिम्मेबार बनेको भन्दै कानुनमन्त्री शेरबहादुर तामाङलाई हटाउने तयारी भएको छ । ओलीले एकल निर्णय गर्दै ५ मन्त्री हटाउन लागेका हुन् । 
पूर्वमाओवादीबाट मन्त्री भएकालाई भने उनले चलाउन चाहेका छैनन् । यी बाहेकका मन्त्रीबाट सन्तोषजनक काम भएको उनको ठहर छ । अनुगमनको पनि अनुगमन गर्न शक्तिशाली बनेका ओलीले कामको मुल्यांकनका आधारमा मन्त्री हटाउन लागेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । ‘अहिले उहाँले मन्त्रीका काम पनि हेर्नु भएको छ । चित्त बुझाउने आधार नभएपछि मन्त्रीलाई फ्याँक्न लाग्नुभएको हो’, सचिवालय स्रोतले भन्यो,‘सरकारको नीतिअनुसार काम नगर्ने, भ्रष्टाचारमा लिप्त हुने भएपछि कारबाही गर्न लागिएको हो ।’ जनप्रहार साप्ताहिकमा खबर छ ।

(जनप्रहार साप्ताहिकमा प्रकाशित यो खबर हामीले प्रकाशित गर्दा सम्मानित प्रेस काउन्सिल नेपालबाट यो समाचार तथ्यहीन भएको र पत्रकार आचारसंहिता प्रतिकुल भएको पत्र प्राप्त भएको छ । अत: यसबाट असर पर्न जाने सम्बन्धित सबैमा हामी क्षमा माग्दछौँ । साथै आउँदा दिनहरुमा पत्रपत्रिकाका समाचार सम्प्रेषण गर्दा पनि स्रोतको रुजु गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । -सम्पादक)   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: