×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३०० वर्ष पुरानो मथुरेश्वर महादेवको मन्दिर पुनर्निर्माण सुरु, पूरातत्व विभागले वास्ता नगरेपछि काभ्रेका युवा आफैं जुटे !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नमोबुद्ध नगरपालिकामा रहेको ऐतिहासिक मन्दिरको पुनर्निर्माणमा युवाहरु जुटेका छन् । करिव ३०० बर्ष पूरानो ऐतिहासिक तथा पुरातात्विक मथुरेश्वर महादेवको मन्दिर २०७२ साल बैशाख १२ मा आएको बिनासकारी महाभुकम्पले भत्काएको थियो । तर मन्दिर भत्किएको थुप्रै समय हुँदा पनि पूरातात्व विभागले कुनै वास्ता नगरेपछि काभ्रेका युवाहरु नै उक्त मन्दिरको पुनर्निर्माणमा जुटेका हुन् । 
‘वि.सं १७११ सालमा निर्माण भएको मथुरेश्वर महादेवको मन्दिर भुकम्पले ध्वस्त भएपछि पुरातत्व विभागसँग बजेट उपलब्धको लागि माग गर्दा कुनै वास्ता भएन ।’ ‘मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष बिनोद सत्याल भन्छन्, ‘ त्यसपछि स्थानीयको सकृयतामा मन्दिरलाई पुन: बनाउने कार्य अगाडि बढेको छ । मन्दिर पुनर्निर्माणसंगै ऐतिहासिक मथुरापाटीको समेत पुनर्निर्माण भइरहेको छ ।’ उनका अनुसार मन्दिर र पाटी पूरानै शैलीमा निर्माण गर्न २० लाख रुपैयाँ खर्च लाग्ने भएको छ । मन्दिर पुनर्निर्माणका लागि साविक मथुरापाटी गाविस हालको नमोवुद्ध नगरपालिका समेत स्थानियसँग सहयोग संकलन गर्दै कार्य अगाडि बढेको छ भने मन्दिर पुनर्निर्माण गर्न नमोबुद्ध नगरपालिकाद्वारा ४ चार लाख रकम विनियोजन गरेको छ । 
उक्त मन्दिरलाई लिएर रमाइलो किम्बदन्ती पनि छ । ‘फूलबारी’मा बसोबास गर्ने पुर्खा हरिका छोरा तुलसीरामका ६ भाइ छोराहरु मध्ये अपुताली तथा असामयिक निधन भई बाँकी रहेका छोराहरूमध्ये तीन भाइले मात्र अंश लिएका थिए । तीननमा प्रिय पतिकी मथुरा नाम गरेकी एक दिदी थिइन् । उनी बाल बिधुवा भइ माइतमा नै रहेकी थिइन् । तिनै मथुराले १७११ सालमा मथुरेश्वर महादेवको मन्दिर बनाएकी थिइन् भने बटुवाहरूको निमित्त एक पाटी बनाएकी उल्लेख गरिएको छ । उनकै नाममा उक्त ठाउँको नाम ‘मठुरापाटी’ रहेको बुढापाकाहरुको कथन छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: