×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूँजी बजार लगानीकर्ता संघद्वारा नवराज सुवेदी पदबाट बर्खास्त, राधा पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल पूँजीबजार लगानीकर्ता संघको अध्यक्ष पदबाट नवराज सुवेदीलाई बर्खास्त गरिएको छ । यसअघि सेयर लगानीकर्ता संघमा संघले स्पष्टीकरण मागेपछी राजीनामा दिएर अर्कै संघ खोलेका उनलाई आफैंले खोल्न पहल गरेको संघले बर्खास्त गरेको हो । संघकि उपाध्यक्ष राधा पोखरेलेको अध्यक्षतामा बुधवार बसेको बैठकको निर्णय अनुसार सुवेदीलाई सामान्य सदस्य समेत नरहने गरी बर्खास्त गरिएको हो । सुवेदीले संघलाइ आघात पुग्ने गरी सामाजीक सञ्जालहरुमा बक्तव्य बाजी गर्दै हिड्नुका साथै बहुमतमा रहेका पदाधिकारीहरुलाई बर्खास्त गरिएको छ भन्ने किसिमको लान्छना लगाउने गरेको हुँदा गम्भिर ध्यानाकर्षण भएको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सुवेदीलाई बर्खास्त गरेसँगै बुधवारकै बैठकले साविककी उपाध्यक्ष राधा पोखरेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको छ । साथै, उपाध्यक्षमा राजु पौडेल, महासचिवमा एस.पि.चौलागाई, सचिवमा एन.बि थापा, कोषाध्यक्षमा कल्पना शर्मा तथा सदस्यहरुमा आविष्कार घिमिरे र वाई.पि दाहाललाई चयन गरिएको विज्ञप्तीमार्फत सङ्घले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: