×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल इन्जिनियरिङ कलेजको व्यवस्थापकिय लडाईको चपेटामा विद्यार्थीहरु, ‘अति’ भएपछि मंगलबारदेखि रिले अनसन !


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल इन्जिनियरिङ कलेजको व्यवस्थापनको लडाईको चपेटामा विद्यार्थीहरु परेका छन् । व्यवस्थापनको विभिन्न विषयमा पटक-पटक भएको लडाईले विद्यार्थीहरुको पढाइ, कलेजको व्यवस्थापन, लगायतका कुराहरुमा असर पुगेको छ भने विद्यार्थीले क्याम्पसमा पाउनुपर्ने अधिकारमाथि पनि धावा बोल्न थालिएको छ । यहि कारण विद्यार्थीको पढाइ ठप्प भएको छ भने कलेजमा दैनिक रुपमा हुनुपर्ने कामकारवाही हुन सकेको छैन । आज-भोलि भन्दाभन्दै यो समस्या महिनौंसम्म समाधान नभएपछि अन्तत: विद्यार्थीहरु आन्दोलनमा होमिएका छन् भने आन्दोलन रिले अनसन बस्नेसम्मको कार्यक्रममा पुगेको छ ।

‘व्यवस्थापनको लडाईले विद्यार्थीहरुको पढाइमा असर परेको छ । कलेजका कामकारवाही ठप्प भएको छ तर कसैले वास्ता गरेको छैन ।’ नेपाल विद्यार्थी संघ नेपाल इन्जिनियरिङ कलेज, इकाई कमिटिका अध्यक्ष राम शरण आचार्यले अर्थ सरोकार डटकमसँग भने, ‘विद्यार्थीको चारित्रिक प्रमाणपत्रमा हस्ताक्षर गर्ने समेत कोहि भएनन् । विद्यार्थीहरुले हदैसम्मको समस्या भोग्नुपरेको अवस्था छ ।’
कलेजभित्र व्यवस्थापनको लडाईले विद्यार्थीले निकै दुख पाएको थुप्रै समय हुँदा पनि विद्यार्थीहरुको समस्यामा कसैको ध्यान नपुगेको भन्दै मंगलबारदेखि विद्यार्थीहरु रिले अनसनमा बस्न लागेको आचार्यको भनाइ छ । ‘एक दिन होइन, दुई दिन होइन, निकै समय भइसक्यो विद्यार्थीले दुख पाउन थालेको । अव त ‘अति’ भयो । अव यसको दीर्घकालीन समाधान नहुँदासम्म हाम्रो आन्दोलन रोकिने छैन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: