×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजार मूल्य ६४१ रुपैयाँ हुँदा लीलामीमा १५३ रुपैयाँ तोक्नेले नेपाल इन्सुरेन्सको सेयर पाउनु संयोग कि नियोजित खेल ?

  • अर्थ सरोकार समाचार टिप्पणी 
काठमाडौँ- लीलामी न हो, केहि भन्न सकिन्न । यो सबैले बुझेको कुरा हो । तर लीलामीका नाममा विभिन्न संस्थाभित्र ठुला ठुला खेल हुन्छन् भन्ने चर्चा पनि समय-समयमा चल्ने गरेको छ । त्यसमाथि केहि विक्री प्रबन्धक र त्यहाँ काम गर्ने केहि उच्च अधिकारीहरुको नाम जोडेर चलखेलको आरोप पनि लाग्ने गरेको छ । यसैबीच पछिल्लो समय नेपाल इन्सुरेन्सको लीलामी सेयरमा पनि १५३ रुपैयाँ कट अफ प्राइस कायम भएपछी फेरि यो विषय चर्चाको विषय बनेको छ । विशेषगरी विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल र उक्त कम्पनीमा कार्यरत केहि कर्मचारीको नाम जोडेर नियोजित खेल भएको प्रचार सेयर बजारमा भित्रभित्रै हुन थालेको छ ।
अचम्मलाग्दो तथ्य तर यथार्थ 
नेपाल इन्सुरेन्सको सेयरको लीलामीमा प्रतिकित्ता १५३ रुपैयाँ भाउ तोकेर लिलामी भर्ने लगानीकर्ता पनि सेयर पाए । जवकी लीलामी खोलियेकै दिन हेर्ने हो भने पनि क्लोजिङ प्राइस प्रतिकित्ता ६४१ रुपैयाँ छ । ६४१ रुपैयाँ बजार मूल्य भएको सेयरलाई १५३ रुपैयाँ कसले किन तोक्यो एउटा लगानीकर्ताले ? के पर्छ भन्ने विश्वास नभई यसरी सेयरको लीलामीमा भाग लिन्छ र एउटा लगानीकर्ताले ? प्रश्नहरु थुप्रै उठेका छन् । तर यथार्थचाहिं लगानीकर्ताले १५३ रुपैयाँ भाउ तोके र सेयर पाए पनि । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक बद्री प्याकुरेलले नेपाल इन्सुरेन्सको लिलामी सेयर न्यूनतम १५३ रुपैयाँ भाउ तोकेर बोलपत्र पेस गर्नेले पाएको जानकारी दिएका छन् । लीलामीमा सहभागी कुल २७९ लगानीकर्तामध्ये यहि लिलामीमा अधिकतम ६७५ रुपैयाँसम्म भाउ राखेर बोलपत्र पेश गर्ने लगानीकर्ता पनि छन् । 
विक्री प्रबन्धकमाथि शंकाको नजर !
यसो त यसपाली मात्र यस्तो भएको होइन । केहि समय अघि एभरेष्ट बैंकको लिलामीमा पनि यस्तै भएको थियो । र त्यतिबेला पनि बिक्री प्रबन्धक तत्कालीन एनआईबीएल क्यापिटल नै थियो । अहिले एस क्यापिटलसँग मर्ज भएर सोहि कम्पनी एनआइबीएल एस क्यापिटल बनेको छ । एभरेष्ट बैंकको लिलामी सेयरमा १०० रुपैयाँ मूल्य तोकेर आवेदन दिनेले सेयर हात पारेका थिए । त्यतिबेला पनि एनआइबीएल क्यापिटलकै केहि कर्मचारीको मिलेमतोमा यस्तो काम भएको आरोप लगानीकर्ताहरुले लगाएका थिए । तर त्यतिबेला पनि न त्यो प्रकरण अगाडी बढ्यो, न त उक्त आरोप पुष्टी नै भयो । तर यसपाली पनि सोहि प्रकृतिको घटना दोहिरिएपछि लगानीकर्ताहरु ३ छक परेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: