×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम कमर्सियल बैंकको भवन निर्माणदेखि फर्निचर खरिदसम्ममा घोटाला, बैंक छोडेका कर्मचारीले खोले पोल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्राइम कमर्सियल बैंक लिमिटेडमा भवन निर्माणदेखि फर्निचर खरिद प्रक्रियासम्ममा घोटाला भएको खुलासा भएको छ । केहि समय अगाडी बैंक छोडेका कर्मचारीहरुले घोटालाको विवरणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरी त्यसको विवरण विभिन्न सञ्चारगृहमा पठाएपछि घोटालाको रहस्य बाहिर आएको हो । बैंकको कर्पोरेट भवन निर्माणका क्रममा करिव ९ करोड घोटाला भएको, फर्निचर लगायतका सामान किन्दा पनि घोटाला भएको लगायतका विवरण उल्लेख गरी एक कर्मचारीले अख्तियारमा उजुरी गरी सोको जानकारी विभिन्न मिडियालाई जानकारी गराएपछि यस्तो खुलासा भएको हो । अख्तियारमा २१८५५ दर्ता नम्बरमा उजुरी परेको छ । 
बैंक छोडेका कर्मचारीले खुलाए पोल 
केहि समय अगाडी बैंक छोडेका एक कर्मचारीले बैंकको कमलपोखरीमा भवन निर्माण गर्दा सीइओ नारायणदास मानन्धर, र डिजिएम भाइराजा तुलाधारलगायत मिलेर ठुलो रकम घोटाला गरेको भन्दै त्यसको छानविनका लागि माग गर्दै अख्तियार गुहारेका हुन् । करिब १६ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको कर्पोरेट अफिसमा चाहिने विभिन्न सामान खरिद गर्दासमेत घोटाला गरिएको उजुरीमा उल्लेख छ । साथै ती कर्मचारीले जग्गा र भवनको नक्सा, ठेकेदारलाई भुक्तनी गरिएका बिल, भौचर, डेकोरेसनका सामान खरिदका बिल, भौचर, लगायतकाको फोटोकपीसमेत अख्तियारमा बुझाएको दावी गरेका छन् । 
आफ्ना मान्छेहरुलाई जागिर दिएका कारण र नेपाल राष्ट्र बैंकका गभर्नरसम्म पनि निकै राम्रो पहुँच भएकाले बैंकलाई कुनै पनि कारवाही नभएको उजुरीमा उल्लेख छ । उजुरीमा भनिएको छ, ’बैंकका सीइओलाई समेत गुम्राहामा राखी बैंकका डिजिएम भाइराजा तुलाधार तथा केही उच्च पदस्थ कर्मचारीले ठेकेदारसँग प्रत्यक्ष लाभ लिएको भेटिएकाले भवन निर्माण र एक करोडभन्दा बढी कर्जा प्रवाहका सम्पूर्ण फाइल राष्ट्र बैंकमार्फत् झिकाई छानबिन गरी कारबाही गर्न अख्तियार प्रमुखलाई आग्रह गर्दछौं।’ 
सबन्धित निकाय र बैंकका सीइओ के भन्छन् ?
यता नेपाल राष्ट्र बैंक स्रोतले भने अख्तियारमा उजुरी परेको भए सो को जानकारी आफुलाई आउनेबित्तिकै अनुसन्धानको प्रक्रिया सुरु गरिने जनाएको छ । ‘यहाँ राष्ट्र बैंकमा पनि कस्ता मान्छे छन्, तपाईंहरुलाई थाहा नै छ । दवाव नआएको खण्डमा कारवाही हुन्छ ।’ सुपरभिजन विभागका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । यता बैंकका सीइओ नारायणदास मानन्धरले आफुलाई बैंकमा त्यस्तो घोटाला भएको जस्तो नलागेको दावी गरेका छन् । ’ प्राइम बैंकमा त्यस्तो घोटाला भएकोजस्तो मलाइ लाग्दैन । अख्तियार र राष्ट्र बैंकमा उजुरी परेको छ भने त्यसको छानविन पक्कै हुन्छ । नियामक राष्ट्र बैंकले पनि सो बारेमा अनुसन्धान पक्कै गर्ला ।’
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: