नेपाली दुतावास बहराइनमा सम्पन्न भयो नेपालमा लगानी सम्बन्धि अन्तरक्रिया, सिए रमेश धितालले दिए विशेष प्रस्तुती !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाली दुतावास बहराइनले बहराइनमा क्रियाशील करिव ३ दर्जन संघ-संस्था, गैरआवासीय नेपाली संघ, तथा बहराइनमा पेशा व्यवसायमा संग्लंग उद्यमीहरुलाई बैदेशिक लगानी प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बिषयबिज्ञका रुपमा सिए रमेश धितालले आर्थिक परिसूचक,  रणनीतिक लाभका क्षेत्र, लगानीका विधि तथा प्रर्किया, लगानी र कर सम्बन्धि विद्यामान कानुन व्यवस्थासमबन्धि विशेष प्रस्तुती दिएका थिए । उक्त कार्यक्रममा राजदुत सुन्दासकोसमेत उअस्प्थिति थियो । उनले आफुले आर्जन गरेको आयलाई नेपालमा लगानी गर्न -गराउन आफ्नो क्षेत्रबाट योगदान दिन आग्राह समेत गरेका थिए । 

उक्त कार्यक्रममा विशेष प्रस्तुती दिएका सिए रमेश धिताल नेपाल चार्टड एकाउन्टेन्ट्स संघका पूर्वमहासचिवसमेत हुन् ।  


प्रकाशित : Thursday, July 12, 2018

recent

Popular Posts