×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भूकम्पपीडित रमिता कार्कीका दुईटै मृगौला फेल, छोराछोरीको चित्कार, ‘हाम्री आमालाई जसरी पनि बचाईदिनुहोस्’

काठमाडौँ । भूकम्पपीडित रमिता कार्कीका दुईटै मृगौला फेल भएर लामो समयदेखि अस्पतालको बेडमा छन् । दोलखाको भिमेश्वर नरपालिका–८ जिलु निवासी कार्की विगत ७ महिनादेखि काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा शैयामा छटपटाइरहेकी छन् । श्रम र पसिना बगाएर जम्मा गरेको धन सम्पती गत बैशाख १२ को भूकम्पले घरसँगै गुम्यो । अलिअलि बाँकी रहेको त्यसको लगत्तै बैशाख २९ गते दोलखाकै सिंगटीलाई केन्द्र बनाएर गएको दोस्रो भूकम्पले पूरै ध्वस्त बनायो ।
भूकम्पबाट तंग्रीदै गरेको रमिताको परिवारमा अर्को ठूलो ब्रजपात निम्तियो । छोरा रवि कार्कीका अनुसार सन्चो नभएपछि रमितालाई अस्पताल ल्याउँदा चिकित्सकले दुबै मृगौलाले काम गर्न नसक्ने अवस्थामा पुगेको बताए । त्यसपछि परिवारमा समस्या निम्तियो । “भूकम्पबाट विस्तारै तंग्रीदै थियौं । आमाका दुबै मृगौला फेल भए । उपचारमा सबै ऋण सापट गरेर सकियो । अब केही बाँकी छैन । आर्थिक अभागकै कारण आमाको ज्यान जाने भयो, सहयोगको लागि सबैसँग अपेक्षा गरेका छौं” छोरा रविले भने । उनले आफ्नी आमालाई सहयोग गरेर बचाईदिन सबैसँग अनुरोध गरेका छन् ।
पती बालकृष्ण र रमिताले मजदूर गरेर घर खर्च चलाउनुको साथै छोरा–छोरीलाई पढाइरहेका थिए । हप्तामा एक पटक डाइलासीस गर्दा रमिताको स्वास्थ्यमा केही सुधार भएको छ । चिकित्सकका अनुसार अझै धेरै समय डाइलासिस गर्नुपर्छ तर आर्थिक अभावका कारण उपचार नै रोकिएको भन्दै छोरी सुस्मिताले सहयोगको लागि सबैसँग आग्रह गरेकी छन् ।
“तपाईँको सानो सहयोगले मेरी आमाको ज्यान बच्न सक्छ । मेरी आमालाई बचाउन सहयोग गरिदिन हुन अनुरोध गर्दछु” सुस्मिताले भनिन् । सहयोग गर्न चाहनेले छोरी सुस्मितको मोवाइल नम्बर ९८१०१०९४४७ मा सम्पर्क गर्न सक्नु हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: