×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कति सरकारको मुख ताक्ने ? ‘सिएसआरका नाममा करोडौं खर्च गर्ने बैंकले बैंक अगाडिको बाटो आफैं बनाए हुँदैन र ?’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – यो दृश्य माछापुछ्रे बैंकको प्रधान कार्यालय अगाडीको हो । यो ठाउँमा पानी पर्न थालेपछी बैंकभित्र जान नै समस्या हुन्छ । पानी नपर्दा छारो उस्तै ।  ठाउँ- ठाउँमा ढल फुटेर दुर्गन्ध फैलिएको छ । तर कसिअलाई चासो छैन । पछाडीबाट छिर्दा उस्तै पानी नै पानी, अगाडी पनि पानी नै पानी । खुट्टा टेक्ने ठाउँ नै हुँदैन । बैंकको कर्पोरेट अफिस अगाडी यस्तो बिजोग छ । बैंकले सामाजिक उत्तरदायित्वका नाममा बार्षिक करोडौं रुपैयाँ खर्चसमेत गर्ने गरेको छ । तर आफ्नै भवन अगाडीको बाटो बनाउन सरकारको मुख ताक्दा ग्राहकहरु समस्यामा परेका छन् ।
यसो त यो समस्या माछापुछ्रे बैंकको मात्र होइन, धेरै कमर्सियल बैंकको भवन अगाडीको बाटो यस्तै छ । बाटो बनाउने जिम्मेवारी बैंकको नभए पनि बैंकले आफ्नो भवन अगाडीको बाटो बनाउन कुनै पनि रोक नभएको नगरपालिकाका कर्मचारीहरु बताउँछन् । तर समस्या उस्तै छ । बैंकहरुले सोच्ने कि ? बाँकी त तस्विर आफैं बोल्छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: