×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारजी आज्ञा गर्नुहुन्छ, ‘हे अगस्त्येमुनि ! आउ, समृद्धिका बात गरौँ, केपी ओलीको कुरा गरौँ !’

  • शंकर पाण्डे 
सम्बृद्धिका लागि प्रधानमन्त्रीलाई वरदान !!!
कुमारजी आज्ञा गर्नुहुन्छ मत्र्यलोकको नेपाल भन्ने देशमा कटौती गर्नमा माहिर प्रस्ट बोली अनी ओली थर भएका प्रधानमन्त्री भएका छन् अरे ! शिष्यहरु हो ! नजिक आउ यीनका बारेमा केही चर्चा गरौं ।
केही बोल्नुपरेमा उखान—टुक्का जोडेर आफ्ना भनाइहरु श्रोता समक्ष पु¥याउने ब्यक्ति, पहिला प्रधानमन्त्री हुँदा खेरी नेपालमा रेल, घर—घरमा ग्याँसका पाइप, पानी जहाज अनी हावाबाट बिजुली निकाल्छु भन्दा मजाक गर्नेहरुलाई नै हावा खुवाउनका लागि यसपाली प्रधानमन्त्री बनेका रहेछन् फलस्वरुप देशको बागडोर सम्हालेयता नीजले गरेका मन्त्रालय कटौती, सचिवालय कटौती, सार्वजनिक बिदा कटौती गर्दा गर्दा हाल आएर कम्यूनिष्ट पार्टीहरुमा कटौती गरेर चर्चा कमाएका रहेछन् । खर्च कटौती गर्नु पनि वचत हो भन्ने मन्त्रलाई मनन् गर्दा रहेछन् यिनले ।
यति सुनेपछि त्यहाँ रहेका शिष्यहरुले बताउन थाले केन्द्रमा मात्र मन्त्रालय कटौती गर्नुभएको रहेछ तर के गर्ने? संघीय प्रदेश र स्थानीय जनप्रतिनिधीहरुलाई कर्मचारी जस्तै गरी तलबको व्यवस्था राखेर यो देशको ढुकुटीलाई माकुराकी आमाको जस्तै चाला हुन्छ कि भन्ने लाग्यो । हुन त पहिला पहिला उम्मेदवारको टिकट पनी सित्तैमा र यदा—कदा सस्तो हुन्थ्यो अरे ! अहिले त टिकटै महङ्गो अनी चुनाव खर्च उस्तै भएर होला मासिक ब्याजको सोध भर्ना गर्ने जस्तै गरि राष्ट्रिय ढुकुटी रित्याउने व्यवस्थालाई कटौती गरिदिएमा नागरिकहरु आभारी हुने रहेछन् । त्यस्तै गरि देसैभरिका जनप्रतिनिधीहरुलाई जनताले तिरेको करबाट तलब दिई सेवामा समर्पित हुन राखेका आज्ञाकारी कर्मचारीहरुको जिम्मा लगाई निजहरुका सचिव, सचिवका पनि उपसचिव जसको बयान दसजिब्रा भएका शेष नागले भन्दा बढि तीनै नेताले गर्लान् , हो यस्तो झुन्ड—मुन्ड टिमलाइ केन्द« देखी प्रदेशसम्म कटौती गरि हरेक प्रदेश प्रमुखलाई त्यहाँको पर्यटन प्रबद्र्घन तथा एक गाउँमा एक उत्पादनमा दत्त चित्त भई प्रदेशलाई आत्मनिर्भर बनाउनतर्फ अवरोध पु¥याउनेलाई कटौती गरेमा विकासको जगमा पर्खाल थपिने थियो । कुमारजी, यती मात्रै कहाँ हो र ? यो देशले यस्ता कटौती गर्न सीपालु प्रधानमन्त्री पाएका बेलामा यो देशमा जातीय — धार्मिक साम्प्रादयीक द्वन्द फैलाउने ब्वाँसा रुपी संस्थाहरुको कटौती गरिदिए परा पूर्वकालदेखि मिली बसी आएका नेपाली — नेपाली बिचको आत्मियतामा पुन पालुवा मौलाउने थियो होला ।
शिष्यहरुका कुरा सुनेर कुमारजी मन्त्र मुग्ध हुनुभयो र प्रसन्न हुँदै भन्नुभयो हे शिष्यहरु हो ! तिमीहरुको कुरा सुनेर मलाइ यीनैले पहिला प्रधानमन्त्रीको शपथ खाए लगत्तै बोलेको कुराको याद आयो त्यो के भने “नेपालका सबै तुइनहरु अबको दुई बर्षभित्र हट्ने छन् यानिकी काटिने छन् ” लौन कती बर्ष भयो होला ? मलाई त यस सुन्दर नगरीका मनुष्यले के—कस्ता दुःख भोगेका रहेछन् बुझ्नका लागि तीब्र इच्छा जागेर आयो अनि अझै के—के कुरा काट्न बाँकी रहेछ बुझ्न मन लाग्यो ।
कुमारजीले यती मात्र के भनेका थिए, एक शिष्यले टाउको निहुँराउँदै भने , हे अगस्तमुनि अझै के—के बाँकी छन् आज्ञा हवस् म कहुँला भनि बेली बिस्तार लाउन थाले । केही वर्ष अगी मात्र भाषणमा “नेपालमा गणतन्त्र आउने र बयल गाढा चढेर अमेरिका पुग्छु भन्ने एउटै हो” भनी बोलेका यीनै नेता गणतन्त्र मुलुकको शक्तिशाली प्रधानमन्त्री भएपछि गणतन्त्र दिवसका दिन दिइने सार्वजनिक विदा नै काट्दैछन् , खै यिनले चर्चामा आउनका लागि गरेकी ! विदाका दिन पनि काम गरेर प्रतिफल लीनका लागि । 
आफ्नो संस्कृति र बलीदानका उपलब्धीहरु एक आपसमा खुसी साटासाट गरि मनाउन का लागि कता—कता असजिलो गराउनुभन्दा आठ घण्टा काम , आठ घण्टा आराम अनि आठ घण्टा मनोरञ्जनको विश्वव्यापी मान्यता अनुसार नै कर्मचारीहरुलाई बजेट, प्लान अनी तारगेट दिएर मेहनतीलाई पुरस्कार अनी बेइमानहरुलाई दण्ड सजायकोे व्यवस्था गरि कर्मचारी समस्याको जड कर्मचारी युनियनलाई नै खारेज यानिकी कटौती गरेमा र कार्यालय समयमा व्यक्तिगत काम गर्न , फेसबुक , ट्वीटर प्रयोग तथा अन्य फजुल कार्यहरुमा प्रतिबन्ध (कटौती) गर्ने हो भने अहिलेको जनशक्ति ले यो २२ दिनको बिदा कटौतीमा गरिने काम भन्दा २२ गुणा बढि कामको प्रतिफल दिन सक्ने थिए । 
हे कुमारजी , “यो प्रकृतिकी धनी सुन्दर नगरी नेपाललाई यो दुरा अवस्थामा पु¥याउने खतरनाक तत्वहरु भनेका अपहरणकारी, बलत्कारी र भ्रष्टचारी हुन् यिनीहरु लाई तह लगाउन यो शक्तिशाली सरकारले कानुन संशोधन गरेरै भएपनि मृत्युदण्ड यानिकी जीवन कटौती गर्न अब ढिला गर्नुहुँदैन । यस्ता विभिन्न क्षेत्रमा विकृति मचाउने ठूला माछा खोज्नका लागि यिनैका केही मन्त्रीहरु समुन्द्र तिर गएकाछन अरे तर यिनलाई थाहा भएन कि यस्ता ठूला माछाहरु समुन्द्रमा नभई मूलको पानी खाएर कुवा भित्र लुकि सुरक्षित बसेकाछन र ति कुवाहरुको उद्गमस्थल यानिकी पहाड दलकै केही नेता तथा पहुँचवालाहरु नै हुन भन्ने कुरा । 
अव यिनले यस्ता नेता तथा पहुँचवालाहरुलाई पनि कटौती गरिदिएमा जनतालाई शान्ती अनि अमन चयन हुने थियो । त्यस्तैगरी सबैतिर मौलाएको सिन्डिकेट को पनि जरैदेखी कटौती गर्नेकुरा भासणमा मात्र होकी जस्तो लाग्न थालिसक्यो। देशको गरिमामय पदमा आसिन प्रधानमन्त्रीले अव आफ्नै उखान टुक्काहरुमा पनि कटौती गरि बोलेका कुराहरुलाई यथासक्य चाडो मुर्तरुप दिन ढिला भई सक्यो । यदि ढिला भयो भने यिनकै पालामा समृद्ध देश देख्न आतुर जनताकालागि “ओलीको बोली हावाको गोली जनतालाई सुनाउँदा नाकमा पोली हुनेछ नकी बहुप्रतीक्षीत समृृद्घिको झोली ।”
यतिकैमा भयानक आवाज आयो …….. हे शिष्यहरु हो ! तिमीहरुको भनाइबाट म प्रसन्न भएँ, स्वर्गको टुक्रा जस्तै नेपाललाई समृद्ध बनाउनका लागि के वर माग्दछौ माग भनि भन्दा सबै शिष्यहरुले एकै स्वरमा भन्दा भए — 
“हिमालको शिर भई , जल र जडीबुटीलाई पहाडको छातीमा राखेर तराईको जंगल अनी जमीनमा आत्मनिभर््ार र स्वाभिमानी नेपाली बन्नका लागी नेपालका प्रधानमन्त्रीलाई सबैखाले अवरोधहरु खारेज गर्ने यानेकी काट्न सक्ने वरदान दिनु हवस् ।”
तथास्तु भन्दै उहाँ अन्तर ध्यान हुनुभयो !!! 
इति श्री ……………….
शंकर पाण्डे (मुक्ति)
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: