×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के हेर्दैछ नियामक ? शिखर इन्स्योरेन्सका सीइओले कानुन विपरित श्रीमतीका नाममा रहेको सेयर बेचे (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

के हेर्दैछ नियामक ? शिखर इन्स्योरेन्सका सीइओले कानुन विपरित श्रीमतीका नाममा रहेको सेयर बेचे (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बिमा सम्बन्धि प्रचलित कानुन विपरित शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले लाखौँ कित्ता सेयर बेचेको खुलासा भएको छ । पटक पटक केहि न केहि कुरामा विवादमा आइरहने कम्पनीका सीइओ दीपप्रकाश पाण्डेले आफ्नी श्रीमतीको नाममा रहेको झन्डै २ लाख कित्ता सेयर बेचेको खुलासा भएको हो । बिमा सम्बन्धि प्रचलित नियम हेर्ने हो भने कुनै पनि संस्थाका सञ्चालक वा सीईओले आफु पदमा वहाल रहँदासम्म र पद छाडेको एक वर्षसम्म आफु वा परिवारको नाममा रहेको सेयर बिक्रि गर्न नपाइने स्पष्ट व्यवस्था छ । यसमा बीमा समितिकै केहि उच्च अधिकारीको समेत मिलेमतो भएको आशंका गरिएको छ । उनकी श्रीमती हिमालयन बैंककि कर्मचारीसमेत हुन् । सुरुवाती चरणदेखि नै कम्पनीका सीइओ रहेका पाण्डेले गैरकानुनी काम गर्दासमेत उनलाई कुनै पनि कारवाही हुने छाँटकाँट छैन । 
यसरी खुल्यो सेयर विक्रीको रहस्य !
यसो त नेपालको बीमा क्षेत्रमा कानुन उल्लङ्घनका घटना थुप्रै हुने गरेका छन् । यो प्रकरणमा पनि बीमा समिति चुप बस्नु रहस्यमय देखिन्छ । हिमालायाँ बैंकमा काम गर्ने आफ्नी श्रीमतीको नाममा रहेको सेयर पाण्डेले केहि समय अघि नै विक्री गरिसकेका थिए । उनले सो सेयर विक्री गरेर आइएमइ जनरल इन्सुरेन्स कम्पनीमा लगानी गरेको स्रोतको दावी छ । शिखर इन्सुरेन्सले आर्थिक वर्ष २०७२-७३ मा प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा सीईओ पाण्डेकी श्रीमती सञ्चिता स्वार पाण्डेको नाममा ४ प्रतिशत सेयर रहेको र १० प्रतिशत एफपीओ निष्काशनपछि स्वामित्व घटेर ३.५ प्रतिशत रहेको स्पष्ट रुपमा उल्लेख गरिएको छ । प्रतिवेदनको पेज नं ४३ मा उल्लेख भयो यो विवरणलाई विश्लेषण गर्ने हो भने पाण्डेको नाममा १ लाख ७८ हजार ४६५ कित्ता सेयर रहेको स्पष्ट रुपमा देख्न सकिन्छ । त्यसपछि शिखरले बोनस सेयर दिएपछि उक्त सेयर २ लाख कित्ताभन्दा बढी हुन पुगेको थियो । तर, आर्थिक बर्ष २०७३-७४ को वार्षिक प्रतिवेदनमा पाण्डेको नाममा सेयर नै देखिंदैन । यसले उनले उक्त सेयर आफु सीइओ हुँदाकै बेला बेचेको पुष्टी हुन्छ। 
नियम विपरित सेयर विक्री !
उनले २ लाख भन्दा बढी कित्ता सेयर प्रतिकित्ता रु. ८०० भन्दा बढी मूल्यमा बिक्री गरेका छन् । अर्थात उनले गैरकानुनी रुपमा उनले १६ करोड रुपैयाँ हाराहारीको गैरकानुनी कारोबार गरेका छन् । बीमा समितिको नियमअनुसार १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको व्यक्ति सीईओ हुन नपाउने भएपछि उनले सेयर विक्री गरेका हुन् । तर उक्त काम पनि गैरकानुनी हो । उनले आफ्नो पद बचाउन यसरी गैरकानुनी काम गरेका छन् । यता सीइओ पाण्डेले भने आफुले वीमा समितिसँग स्वीकृति लिएर नै सेयर बेचेको बताएका छन् । जवकी बीमा समितिले बहालवाला सीईओको परिवारको नाममा रहेको सेयर बिक्री गर्न स्वीकृति दिन मिल्दैन । यसमा पनि वीमा समितिकै उच्च अधिकारीसँगको चलखेल हुनसक्ने अनुमान लगाउन सकिन्छ । यता विमा समितिमा भने समितिका तत्कालीन निर्देशक श्रीमान कार्कीले व्यक्तिगत लाभका लागि तत्कालिन अध्यक्षलाई प्रभावमा पारेर सेयर बिक्रीको स्वीकृति दिलाएको चर्चा चलेको छ । 
बिमा समितिका अध्यक्ष भन्छन्, ‘यो सरासर गैरकानुनी काम हो’
यता बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले सीईओले आफ्नै कम्पनीको सेयर खरिद÷बिक्री गर्नु गलत भएको टिप्पणी गरेका छन् । ‘यो म नआइकनको कुरा रहेछ । यसमा मैले जिम्मा लिने कुरा भएन । तर जे भयो त्यो गलत भयो । मचाहिं कुनै पनि सीईओले आफु वा आफ्नो परिवारको नाममा रहेको सेयर खरिद-बिक्रीका लागि स्वीकृति माग्यो भने म दिन्न । यो सुशासनसम्बन्धी प्रावधानको गम्भीर उल्लंघन हो । यता यस विषयमा शिखर इन्सुरेन्सका कम्पनीसचिवसँग बुझ्न खोज्दा भने उनी सम्पर्कमा आउन चाहेनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: