×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाइसेन्सविना बाइक चलाउँनेको बुवालाई कारवाही हुने !

ललितपुर – के तपाईं लाइसेन्स विना मोटरसाइकल वा स्कुटर चलाउनुहुन्छ ? यदी चलाउनुहुन्छ भने तपाईंका लागि दुखद् खबर छ । किनकि अव तपाईंलाई मात्र होइन तपाईंको बुबालाई पनि कारवाही हुन सक्छ ।
 ललितपुरमा केहीदिन अघि लाइसेन्सविनै स्कुटर चलाउने व्यक्तिका बाबुसमेत कारवाहीमा परे । धापाखेल बस्ने हरिश्चन्द्र महर्जनले आफ्नो छोरालाई स्कुटर दिएका थिए । बाबुसँग लाइसेन्स भएता पनि छोरासँग थिएन । छोरा युजेन्द्र धापाखेलबाट सातदोबाटोतिर आउँदै थिए, बाटामा ७ वर्षे बालक जीवन धमलालाई स्कुटरले ठक्कर दियो ।घाइतेलाई उपचारका लागि तत्कालै बीएण्डबी अस्पतालमा भर्ना गरियो । युजेन्द्रलाई प्रहरीले पक्राउ ग¥यो । बा ६९ प २६१९ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लियो । आफ्नो स्कुटर लिएर बजारतिर हिँडेको छोरो दुर्घटनामा परेपछि हरिश्चन्द्र महर्जनले जावलाखेलस्थित ट्राफिक प्रहरीका प्रमुख इन्स्पेक्टर सीताराम हाछेथुलाई भेटे । आफूले ययसरी छोरालाई स्कुटी दिनु गल्ती भएको भन्दै महर्जनले माफी मागे । तर, हाछेथुले बाबुलाई समेत कारबाही हुने बताए । 
दुर्घटना गराउने छोरालाई प्रहरीले थुनामा राखेकै थियो, बाबुका नाममा हछेथुले एक हजार रुपैयाँको चिट काटे । अनि लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिने व्यक्तिलाई समेत कारवाही हुने उनले सम्झाए ।घरमा रहेको मोटरसाइकल वा स्कुटर छोराछोरीलाई लिएर बाबुआमाले बजारतिर पठाउने गरेकाले दुर्घटना बढेको हाछेथु बताउँछन् । हाछेथुले अनलाइनखबरसँग भने– ‘लाइसेन्स नलिएका आफ्ना छोराछोरीलाई बाबुले जा दूध, तरकारी लिएर आइज भन्दै मोटरसाइकल चलाउन दिन्छन्, यसले गर्दा दुर्घटना हुने गरेको छ ।’ उनले अगाडि भने– ‘लाइसेन्स नभएको मान्छेलाई सवारी चलाउन दिनेलाई ट्राफिकले हजार रुपैयाँ कारवाही गर्न पाउँछ । लाइसेन्स नलिई चलाउनेलाई त कारवाही भइहाल्छ, सवारी साधन दिने मान्छेलाई पनि कावाही हुन्छ । यही कारण छोराले दुर्घटना गराउँदा बाबुलाई पनि मैले एक हजार रुपैयाँको चिट काटेको हुँ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: