×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टिभी टुडे टेलिभिजनको कार्यकारी निर्देशकमा बिराज पन्त नियुक्त, नायव महाप्रबन्धक पदमा कमल लम्साल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – टिभी टुडे नेटवर्क प्रालिद्वारा संचालित टेलिभिजन च्यानल ‘टिभी टुडे टेलिभिजन’को कार्यकारी निर्देशक पदमा बिराज पन्त नियुक्त भएका छन् । विगत लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्ध रहेका पन्तलाई टेलिभिजनको सञ्चालक समितिले आर्थिक बर्ष २०७५-७६ देखि लागु हुनेगरी कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । 
साथै टेलिभिजनमा बजार व्यवस्थापन विभागमा कार्यरत कमल लम्साललाई नायव महाप्रबन्धक पदमा नियुक्त गरिएको छ । उनी पनि बिगत लामोसमयदेखि सञ्चार क्षेत्रमा आवद्ध भएका व्यक्ति हुन् । उनलाई पनि आर्थिक बर्ष २०७५-७६ देखि लागु हुनेगरी नायव महाप्रबन्धक पदमा नियुक्त गरिएको हो । 
साथै टेलिभिजनले राम दत्त मिश्रलाई स्टेसन मेनेजरको जिम्मा दिएको छ । टेलिभिजनमा टुडे सम्बाद, पावर च्याट, बिकासका लागि बहस, बाडुली, अर्थ सरोकार, सिए सरोकार, कुरा खस्रा मिठा लगायतका कार्यक्रम चर्चित छन् । साथै उक्त नेटवर्कले टिभी वान टेलिभिजन पनि प्रशारणमा ल्याएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: