×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कम्युनिष्ट सरकारको पारा : विश्वकप फाइनल हेर्न मन्त्रीहरु फाइभस्टार होटलमा, खानाको बिल मात्रै लाखौँ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आर्थिक समृद्धिको रटान लगाउने कम्युनिष्ट सरकारले जनताले तिरेको पैसामा रजाइ गर्न थालेको छ । विश्वकपको फाइनल खेलका लागि पाँचतारे होटलमा पुगेका सरकारका मन्त्रीहरुले मोज-मज्जामै लाखौँ रकम उडाएका छन् । हो, विश्वकपको अन्तिम दिन राती फुटबल हेर्न पुगेका मन्त्रीहरुले एक पटकको खानाको बिल लाखौँ रुपैयाँ तिरेका छन् । जनता सिटामोल खान नपाएर तड्फिरहेको बेला समाजवादी सरकारका मन्त्रीहरु भने एकघण्टामा लाखौँ खर्च गरिरहेका छन् ।
अर्थ सरोकार डटकमलाइ प्राप्त जानकारी अनुसार सरकारका मन्त्रीहरु विश्वकप फुटवलको फाइनल खेल हेर्न ओली सरकारका मन्त्री होटल याक एण्ड यतिमा पुगेका थिए । यो होटलले केहि मन्त्रीहरुसंगको सेटिङमा वर्ल्डकप हेर्नको लागि प्याकेज बनाएको थियो । उर्जामन्त्री बर्षमान पुन, श्रम मन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादवसहितका मन्त्रीहरु नेकपाका यूवा नेतासहित खेल हेर्न फाइभ स्टार होटल पुगेका हुन् । उनीहरुका साथमा आफुलाई बरिष्ट भन्न रुचाउने केहि पत्रकारहरुसमेत सम्मिलित थिए ।   
त्यस्तै विश्वकप फुबटल– २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच खेल हेर्न टोपबहादुर रायमाझी, धनश्याम भुसाललगायतका यूवा नेताहरु पनि पुगेका थिए । उक्त खेल हेर्न पूर्वसभामुख ओनसरी घर्ती पनि पुगेकी थिइन् । होटल स्रोतका अनुसार सहभागी एक सय ५० जना हुने भन्दै प्रत्येक एक जनालाई खाना खर्च २५ सय रुपैयाँ दरले गरिएको थियो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: