×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालमै पढेर रचियो यस्तो इतिहास : भारतभरका लाखौँ सिए विद्यार्थीले दिएको परिक्षामा दीक्षाले ल्याईन् ३९औं र्यांक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालको शैक्षिक गुणस्तरका बारेमा पटक-पटक बहस हुने गरेको छ । गुणस्तरीय पढाइका लागि भन्दै हजारौं विद्यार्थी बर्षेनि विभिन्न देशमा गएर पढ्ने गरेका छन् । यहि बीचमा भारत पनि धेरैको शैक्षिक गन्तब्य हुने गरेको छ । तर निकै गाह्रो पढाइमध्येको एक मानिएको चार्टड एकाउन्टेन्सीमा भने नेपालमा पढेका विद्यार्थीहरु पटक-पटक भारतका विद्यार्थीहरुमाझ चुनौतीको विषय बनेको छ । यसपालीको सिएको नतिजामा पनि सोहि इतिहास दोहोरिएको छ । काठमाडौँको एकेडेमी अफ कमर्श (एओसी)मा अध्ययन गरेकी दीक्षा अग्रवालले भारतीय बोर्ड अन्तर्गतको सिएको सबैभन्दा गाह्रो तह मानिएको दोश्रो तह अर्थात आइपीसीसीमा भारत लगायतका केहि ओभरसिज सेन्टरहरुबाट परिक्षा दिएका विद्यार्थीहरुलाई समेत उछिन्दै ३९औं र्यांकमा पर्न सफल भएकी छिन् ।

एओसीका तर्फबाट निरन्तर ‘दमदार’ नतिजा 
यसो त दीक्षा अग्रवालमात्र होइन एकेडेमी अफ कमर्शमा अध्ययन गरेका थुप्रै विद्यार्थीहरु यसअघि र्यांकमा आउन सफल भएका छन् । केहि बर्ष अघि प्रणव प्रतिक तुल्स्यान नाम गरेका विद्यार्थीले भारतीय बोर्ड अन्तर्गत सिएको पहिलो तह ‘सीपीटि’ र सिएको दोश्रो तह ‘आइपीसीसी’मा नै भारत भरका विद्यार्थीहरुलाई उछिनेर प्रथम भएका थिए । त्यसपछी निरन्तर भारतीय बोर्डमा एओसीले निकै नै अब्बल नतिजा ल्याउन सफल भएको छ । एओसीले हालसम्म दर्जनौं र्यांक होल्डर उत्पादन गरिसकेको छ भने सिएको समग्र नतिजामा पनि उत्कृष्ट बन्न सफल भएको छ । यसपालीको भारतीय बोर्डको सिएको दोश्रो तहको नतिजामा पनि एओसीमा अध्ययन गरेका विद्यार्थीहरुमध्ये झन्डै ६० प्रतिशत भन्दा बढी विद्यार्थी उतिर्ण भएका छन् ।
नेपाल बोर्डमा पनि अग्रणी नतिजा 
यसो त भारतीय बोर्डमा मात्र होइन, नेपाल बोर्डको नतिजामा पनि एओसी निकै अगाडी छ । हालसम्मको सबैभन्दा बढी अंकसहितको नतिजा पनि एओसीकै विद्यार्थीका नाममा छ । नेपाल बोर्ड अन्तर्गत क्याप वान, र क्याप टुको नतिजामा एओसी अब्बल ठहरीसकेको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट सम्बन्धन समेत प्राप्त गरेको एओसीले नेपाल बोर्ड अन्तर्गतको परिक्षामा अब्बल ठहरिएपछी अहिले नेपाल बोर्ड पढ्न चाहाने विद्यार्थीहरुका लागि पनि एओसी रोजाईको ‘कोचिङ सेन्टर’ बन्न सफल भएको छ । स्थापनाको छोटो समयमा नै नेपाल बोर्डको नतिजामा अब्बल भएको एओसीले हरेकजसो परिक्षामा कुनै न कुनै टपर उत्पादन गरिरहेको छ ।

‘टेक्निक सिम्पल छ, हामी मेहेनत गर्छौं, विद्यार्थीलाई मोटिभेट गर्छौं’ : एओसीका निर्देशक 
निरन्तर टपर उत्पादन गर्ने काम सजिलो पक्कै होइन । स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउन सफल एकेडेमी अफ कमर्शको ‘सक्सेस मन्त्र के हो त ?’ हाम्रो प्रश्नमा एओसीका निर्देशक समेत रहेका चार्टड एकाउन्टेन्ट दीपक पाण्डे भन्छन्, ‘टेक्निक सिम्पल छ, हामी एकदम मेहेनत गर्छौं । विद्यार्थीहरुलाई मोटिभेट गर्छौं । सबैलाई र्यांक होल्डर नै बनाउने उद्देश्य लिएर पढाउँछौं । विद्यार्थीलाई सपना देख्न सिकाउँछौं र त्यो सपना पूरा गर्न विद्यार्थीसँगै सहयात्रा गर्छौं । कमजोरलाई उत्कृष्ट र उत्कृष्टलाई सर्वोत्कृष्ट बनाउने अभियानमा लाग्छौं । त्यसपछी त नसकिने के छ र ? सबै कुरा नतिजाले देखाएको नै छ ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: