×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आँखुखोला जलविद्युतको ८ लाख कित्ता आइपीओ खुल्ला, कहिले सम्म पाइन्छ भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

आँखुखोला जलविद्युतको ८ लाख कित्ता आइपीओ खुल्ला, कहिले सम्म पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ८ लाख कित्ता आइपिओ बिक्री खुला गरेको छ । कम्पनीले यो आइपिओ आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई बिक्री खुला गरेको हो । धादिङबासीले यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म भर्न सकिनेछ । यसमा साउन ३१ गतेसम्म आवेदन दिन पाइन्छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भदौ १५ गतेसम्म भर्न सकिन्छ ।
लगानीकर्ताले धादिङ जिल्लामा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखाबाट आइपीओ भर्न सक्नेछन् । यसैगरी, आँखुखोलाको आयोजना स्थलमा रहेको कार्यालयबाट पनि आइपीओ भर्न पाउने व्यवस्था गरिएको छ । यो आइपीओको बिक्री प्रबन्धक सिभिल क्यापिटल हो ।
धितोपत्र बोर्डबाट अनुमति पाउन पनि धेरै समय लगाएको आँखुखोला विभिन्न विवादमा पर्दै आएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पनि आँखुखोलाको आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ । कम्पनीले जारी पुँजी ८० करोडको १०% सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । यो आइपीओ बिक्री पछि फेरि सर्वसाधारणलाई अर्को आइपीओ जारी गर्नुपर्ने हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: