आँखुखोला जलविद्युतको आइपीओ भर्ने आज अन्तिम मौका, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले ८ लाख कित्ता आइपीओ भर्ने बिहीबार अन्तिम दिन रहेको छ । यो आइपिओ आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई बिक्री खुला गरेको हो । धादिङबासीले बिहिबार कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ । यो आइपीओ न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म भर्न सकिनेछ । 

लगानीकर्ताले धादिङ जिल्लामा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखाबाट आइपीओ भर्न सक्नेछन् । यसैगरी, आँखुखोलाको आयोजना स्थलमा रहेको कार्यालयबाट पनि आइपीओ भर्न पाउने व्यवस्था गरिएको छ । यो आइपीओको बिक्री प्रबन्धक सिभिल क्यापिटल हो ।

धितोपत्र बोर्डबाट अनुमति पाउन पनि धेरै समय लगाएको आँखुखोला विभिन्न विवादमा पर्दै आएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पनि आँखुखोलाको आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ । कम्पनीले जारी पुँजी ८० करोडको १०% सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । यो आइपीओ बिक्रीपछि फेरि सर्वसाधारणलाई अर्को आइपीओ जारी गर्नुपर्ने हुन्छ ।
प्रकाशित : Thursday, August 16, 2018

recent

Popular Posts