×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूर्वमन्त्री खड्गबहादुर विक पक्राउ, लाग्यो यस्ता आरोप

काठमाडौँ – नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) पक्राउ परेका छन् । २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई काठमाण्डुबाट समातिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रकाण्डसहित चन्द्र आचार्य र मानबहादुर श्रेष्ठ पनि पक्राउ परेको जानकारी दिए । श्रेष्ठ प्रकाण्डका गाडी चालक हुन् । पोखरेलले उनीहरुलाई काठमाण्डुको दक्षिणमा रहेको चाल्नाखेलबाट पक्राउ गरिएको जानकारी दिए ।
उच्च प्रहरी स्रोतका अनुसार उनलाई माथिल्लो तहकै निर्देशनमा पक्राउ गरिएको हो। गएको निर्वाचनमा चन्दा संकलन तथा विस्फोट लगायतका घटना गराएको आरोप चन्द नेतृत्वको पार्टीमाथि लाग्दै आएको छ । उनीहरुले चुनाव बहिस्कार गरेका थिए ।
हिजोमात्रै उक्त पार्टीका केन्द्रीय सदस्य आजाद केसी भक्तपुरको डेराबाटै पक्राउ परेका थिए । केही दिनअघि पार्टीका चार पोलिटव्युरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राई पनि पक्राउ परेका थिए । उनीहरु नागढुंगाबाट पक्राउ परेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: