×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बिमस्टेक’का लागि ‘मेकअप बिग्रिएको बेहुली’ बन्यो काठमाडौँ, कतै तयारी पूरा, कतै टालटुल अधुरा…! (फोटो कथा)

  • सविता सापकोटा / अर्थ सरोकार डटकम 
काठमाडौँ- भदौ १४ र १५ गते काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को शिखर सम्मेलन आयोजना हुँदैछ । अध्यक्ष राष्ट्रका हैसियतले नेपालले बिमिस्टकको चौथो सम्मेलन आयोजना गर्न लाग्दै गर्दा काठमाडौँलाई सजाउने प्रयास गरेको छ सरकारले । ठाउँ-ठाउँमा रंगीन चित्रहरु कोरेर होस् वा भत्किएका बाटोहरु टालटुल पारेर होस्, पाहुना स्वागतको खुब तयारी हुँदैछ काठमाडौँमा । सरकारले राजधानी काठमाडौंमा स्वागत द्वार निर्माण, स्वागत व्यानर लगायतको व्यवस्था गरेको छ । 
कतै तयारी पूरा, कतै टालटुल अधुरा
बिमस्टेकको तयारी लगभग पूरा भएको छ । काठमाडौँका कतिपय ठाउँ आकर्षक बनेका छन् भने कतिपय ठाउँमा मेकअप बिग्रिएकी बेहुलीजस्तै भएको छ देशको राजधानी । कतिपय ठाउँमा हिलाम्य सडक उस्तै छ, सरकारले टालटुल गर्ने मौका पाएको छैन । यसै पनि विशिष्ट पाहुनाहरु आउने भएकाले राजधानीका कतिपय ठाउँ झकिझकाउ त बनाइएको छ तर शृंगार गर्नका लागि मात्र गरिएको शृंगारले कतिपय ठाउँमा सुन्दरतालाई नै गिज्याईरहेका छन् । जस्तो कि यो हिलाम्य सडकका बीच यो स्वागत गेट :
काठमाडौंमा हुने सम्मेलनमा सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानन्याधीश योङ ओ छिरिङ वाङ्चो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति युमिन मिच, श्रीलङ्कन राष्ट्रपति मेट्रीपाला श्रीसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा सहभागी हुनेछन् । विदेशी पाहुनाको स्वागततार्थ काठमाडौँका मुख्य सडक चिल्ला बनाइएका छन् । सफा बनाइएका छन् । पर्यटकीय गन्तव्य, नेपालका पहिचान, कला संस्कृति झल्कने खालका तस्वीरहरु मुख्य चोकहरुमा राखिएको छ । तर कतिपय पोल-पोलमा राखिएका व्यापारिक बिज्ञापन र कतिपय बिज्ञापन नभएका एड बोर्डले सडकको सुन्दरतालाई झन् कमजोर बनाएको आभास हुन्छ । 
धेरैले यतिबेला काठमाडौँ शहर बेहुली जस्तै सिंगारीको छ भन्ने पनि भन्ने गर्छन् । मिलाएर फोटो शुट गर्दा बेहुली सार्है सुन्दर आएजस्तै केहि फोटो फिचरहरुलाई भित्रैबाट बुझ्ने हो भने एकाविहानै हेरिएको काठमाडौँको तथ्य छर्लंग पार्छ । शृंगार गरिएको भएपनि धेरै ठाउँमा ‘मेकअप’ नपुगेको वा बिग्रिएको पक्कै छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: